इरानको हतियार प्रणालीमा अमेरिकाद्वारा साइबर आक्रमण
बीबीसी। अमेरिकाले इरानको हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरेको छ। केही अमेरिकी रिपोर्ट्समा अवाइ आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरिएको दाबी गरिउको छ।वाशिंटन पोस्ष्टका अनुसार रकेटर मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ।
न्यूयोर्क टाइन्समा अनुसार तेल ट्यांकर माथि आक्रमण र त्यसपछि अमेरिकी हवाइ ड्रोनलाई खसालेपछि अमेरिकाले इरान विरुद्ध नयाँ कदम उठाएको हो। साइबर आक्रमण केही हप्तासम्म जारी रहने बताइएको छ। यसको उद्देश्य इरानको त्यो हतियार प्रणालीलाई निशाना बनाउनु हो जसको प्रयोग इस्लामिक रिभोल्यूशनरी गार्ड कार्पले गर्दै आएको छ। यो आक्रमणपछि यो प्रणालीमा अनलाइनमा काम गर्न संभव हुँदैन। र, यसको प्रयोग अफलाइनमात्रै हुन्छ।
यद्यपी शनिबार अमेरिकी गृह सुरक्षा विभागले इरानले अमेरिका विरुद्ध साइबर आक्रमण तीव्र पारेको चेतावनी दिएको थियो। त्यस बाहेक राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि झन कडा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। र, उक्त प्रतिबन्ध इरानले आफ्नो व्यवहार नसच्याएसम्म जारी रहने बताएका थिए।
उनले पत्रकारसँग भनेका थिए–हामी केही अरु प्रतिबन्ध लगाउँदैछौं। केही विषय त निकै तीव्र रुपमा ।’ ट्रम्पको यस्तो अभिव्यक्ति त्यतिबेला आएको छ जतिबेला इरानले आफ्नो परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरसम्म तय गरिएको सीमा भन्दा पनि अगाडि बढाउने घोषणा गरेको थियो।
२०१५ को परमाणु सम्झौता अनुसार इरानको युरोनियम सम्वद्धनका विषयमा सीमा तय गरिएको थियो। त्यसको बदलामा इरानमाथि लगाइएको केही प्रतिबन्ध हटाइएको थियो। र इरानको तेल निर्यात गर्न अनुमति दिइएको थियो, जो इरान सरकारको आम्दानीको मुख्य स्रोत हो।तर अमेरिकाले आफूलाई उक्त सम्झौताबाट बाहिर निकालेर इरानमाथि पुन प्रतिबन्ध लगाएको थियो। यसले इरानको अर्थव्यवस्था प्रभावित हुन थाल्यो।
June 23, 2019 1:32 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग