सुनको भाउ अहिलेसम्मकै महंगो
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो । डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले भाउ महंगो भएको शाक्यको भनाइ छ । चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
June 25, 2019 12:13 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...