Tuesday 23rd April 2024

कबीर सिंह : शाहिदको करियरकै सबैभन्दा ठूलाे ओपनिङ गर्ने चलचित्र

5 years अगाडी

शाहिद कपूर र कायरा अडवाणी अभिनित चलचित्र ‘कबीर सिंह’ ले सिनेमाहलमा सानदार कमाइ गरिरहेको छ । दर्शकले पनि यो चलचित्रलाई रुचाइरहेका छन् । चलचित्रमा शाहिद एक पागल प्रेमीको भूमिकामा देखिएका छन् भने कायराएक सोझी र शान्त स्वभावकी प्रेमिकाको भूमिकामा देखिएकी छिन् । फिल्म समीक्षकले पनि यो चलचित्रको प्रशंसा गरेका छन् । यही कारणले ‘कबीर सिंह’ शाहिद कपूरको करियरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिनसम्म आइपुग्दा बक्सअफिसमा यसले राम्रै कमाइ गरिरहेको छ ।

‘कबीर सिंह’ ले प्रदर्शनको पहिलो दिन २०.२१ करोड भारु, दोस्रो दिन २२.७१ करोड भारु र तेस्रो दिन आइतबार त्योभन्दा पनि धेरै २७.९१ करोड भारुको व्यापार गरेको छ । यो आँकडा अनुसार शाहिदको चलचित्रले प्रदर्शनको तेस्रो दिनसम्म ७०.८३ करोड भारुको व्यापार गरिसकेको छ । ‘कबीर सिंह’ शाहिद कपूरको चलचित्र ‘पद्यावत’ पछिको सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ । साथै अजय देवगनको चलचित्र ‘टोटल धमाल’ ले तीनदिनमा बनाएको रेकर्डलाई तोडेको छ ।

‘नन होलिडे रिलिज,’ ‘ए सर्टिफिकेट,’ सामान्य टिकट दर र क्रिकेट विश्वकप २०१९ चलिरहेको भए पनि ‘कबीर सिंह’ ले बक्सअफिसमा अक्रामक कमाइ गरिरहेको छ । शाहिदको भूमिकालाई लिएर केही फिल्म समीक्षक तथा कलाकारले प्रश्न उठाए पनि चलचित्रको व्यापारले ती सबै कुरालाई गलत साबित गरिदिएको छ । शाहिद कपूरले आफ्नो अभिनयको माध्यमबाट दर्शकलाई हलसम्म तान्न सफल भएका छन् । शाहिद कपूरको खस्कदो करियरलाई ‘कबीर सिंह’ ले फेरी उचाइमा पुर्‍याइदिएको छ ।

यस्तो छ फिल्मको कहानी : दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ दिल्लीको एक मेडिकल विद्यार्थी कबीर राजधीर सिंह (शाहिद कपूर) को कहानी हो । जो निकै नै रिसाहा हुन्छ । कबीरलाई आफ्नो रिसमाथि नियन्त्रण हुँदैन । कबीरको आफ्नी जुनीयर मेडिकल विद्यार्थी प्रीतिसँग प्रेम हुन्छ । कबीरले कलेजभरि प्रीति मेरीे हो भन्दै घोषणा गर्छन् । त्यसपछि कबीर सिंह कलेजको पढाइ पूरा गरेर स्नातकोत्तर गर्न मसूरी जान्छन् भने प्रीति भने दिल्लीमै रहन्छिन् ।

पढाइ पूरा गरेर कबीर प्रीतिसँग विवाहको कुरा गर्नका लागि उनको घर जान्छन् तर प्रीतिको बुवाले कबीरलाई घरबाट निकालिदिन्छन् । प्रीतिको विवाह उनका घरपरिवारले कोही अरुसँगै गरिदिन्छन् । त्यसपछि प्रेममा असफल भएको कबीर सिंह नशा सेवन गर्न थाल्छन् तर प्रीतिलाई पाउनका लागि जिद्दी गर्न भने छोड्दैनन् । उता प्रीतिले पनि कबीरलाई भुल्न सक्दिनन् । यही नै चलचित्रको कहानीमा देखाइएको छ । अहिले अभिनेता शाहिद कपूरको अभिनयको चौतर्फी प्रशंसा भैरहेको छ । यो चलचित्रमा शाहिदले यस अघिका चलचित्रमा गरेकोभन्दा अझै उत्कृष्ट रहेको बताइएको छ ।

          June 25, 2019 12:38 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...