अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे
अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २३ देखि २५ जना बालबालिकाको खोजी तथा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ ।
टेक्सासका धेरै क्षेत्रहरूमा राज्य आपत्काल लागू गरिएको छ । बाढीका कारण धेरै सडकहरू बन्द छन् । यस्तै पानी, बिजुली तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई स्तब्ध पार्ने र भयानक भनेर वर्णन गर्नुभएको खबरमा उल्लेख छ । उहाँले थप सहयोगको पनि वाचा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा बाढीको पानी सडकमा तीव्र गतिमा बगिरहेको देख्न सकिन्छ । साथै बाढीको पानीका कारण पुलहरू पनि डुबेको देख्न सकिन्छ ।
टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले ४५ मिनेटभित्र ग्वाडालुपे नदीको पानीको स्तर २६ फिटले बढेको बताउनुभएको छ । सबै बेपत्ता व्यक्तिहरू फेला नपरेसम्म राहत र उद्धार कार्य चलिरहने अधिकारीहरूले बताएका छन् ।
विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा मानव सिर्जित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रूपमा देखिन थालेका छन् उज्यालो
July 5, 2025 11:32 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत