

६ बर्षकी बालिका करणी गर्नेलाई गोली हान्न यी एसपीले माथीको आदेश पर्खेनन् यसैले जनताले गरे पूजा

काठमाडौं । रामपुर एसपी अजयपाल शर्मा जसले उत्तरप्रदेशमा एक छ वर्षीया बालिकामाथि करणी गरेको आरोप लागेका व्यक्तिलाई गोली हानेर सजाय दिए अहिले उनको चर्चा सुरु भएको छ ।अहिले धेरै मानिसहरूले यसलाई उनको बहादुरी भनिरहेका छन् । अर्को तर्फ धेरै मानिसहरू यस विषयमा प्रश्नहरू उठाउँदै छन् । धेरैले प्रहरीको कामप्रति र देशको कानुनप्रति नै भरोसा नभएको भन्दै आलोचना गरिरहेका छन् ।
झण्डै तीन महिना पहिले क्रूर रूपमा एक छ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या गरेर शव फ्यालिएको थियो । यो अनुमान गरिएको थियो कि पहिले बच्चीको बलात्कार भयो र त्यसपछि हत्या गरियो ।यस घटनालाई लिएर नाजील नामको व्यक्तिलाई आरोप लगाइएको थियो । दुई दिन अघि प्रहरीसँग उनको मुठभेड भएको थियो । करणी पछि हत्या आरोप लागेका अपराधिलाई एसपी शर्माको टोलीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिएर अस्पताल पठाएको थियो ।यता सञ्चारकर्मीसँगको कुराकानीमा एसपी शर्माले अपराधिले आक्रमण गर्न खोज्दा आत्मरक्षाका लागि भएपनि गोली चलाउनै पर्ने अवस्था भएको बताएका छन् ।
अहिले सामाजिक सञ्जालमा शर्माका फोटोहरू सँगै एउटा भिडियो भाइरल भएको छ । यसमा नाजीललाई अजयपाल शर्माले मात्रै गोली हानेका देखाइएको छ । अजयपाल शर्माले यस कार्यका लागि धेरै प्रशंसा पाइरहेका छन् । यस विषयमा जानकारी लिनको लागि हामीले शर्मासँग कुरा गर्न खोजेका थियौ तर उनिसँग सम्पर्क हुन सकेन ।अहिले सामाजिक सञ्जालमा मानिसहरू भन्छन् कि प्रहरीले पीडित परिवारलाई न्याय दिएको छ । प्रहरीको यस कार्यबाट परिवारलाई न्याय मिल्ने मात्रै नभएर दुश्कर्म गर्न खोज्ने व्यक्तिको दिमागमा डर सिर्जना गर्ने धेरैको बुझाइ रहेको छ । प्रहरीले हरेक अपराधि जो दुश्कर्म र हत्याजस्ता घटनाहरुमा संलग्न हुन्छन् उनिहरुमाथि गोली चलाउनु राम्रो भएको भनेका छन् ।
तर धेरै व्यक्तिले अर्को पनि प्रश्न उठाउँदै छन् । उत्तर प्रदेश प्रहरीका पूर्व महानिर्देशक एके जैनका अनुसार यदि अपराधिसँग मुठभेड भइरहेको छ र प्रहरीले आफ्नो आत्मरक्षका लागि गोली हान्यो भने त्यसमा केही गलत छैन तर एक बलात्कार र हत्या अभियुक्तको रूपमा गोली हान्छ भने त्यो विल्कुल गलत्त हो ।बीबीसीसँग कुराकानीमा जैनले भने, ‘मैले खबरमा पढें कि जब प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको बेला प्रहरीले गोली हान्यो अनि प्रहरी अधिकारीले आफ्नो रक्षाका लागि गोली चलाउन पाउँछन् ।
तर बलात्कारी भन्दै गोली हान्ने अधिकार छैन, आजसम्म यस्तो कुनै आपराधिक इतिहास छैन जहाँ अपराध गरेको आरोप लागेको व्यक्तिमाथि गोली चलाइएको छ ।’ जैनका अनुसार यदि आरोपहरू साबित भएका छन् भने पनि प्रहरीलाई गोली हान्ने अधिकार छैन किनभने सजाय दिनु अदालतको काम हो प्रहरीको होईन ।अर्को तर्फ प्रहरी अधिकारीहरुले यसलाई सस्तो लोकप्रियता लागि गरिएको भनेका छ । एक प्रहरी अधिकारीहरुका अनुसार उनलाई यो कुरा बुझ्न गाह्रो भइरहहेको छ कि अपराधि पक्राउ गर्न गएको प्रहरी अधिकारीहरुले कसरी गोली चलाउन सक्छ ।
अझ यसमा प्रहरी एसपीले गोली चलाएको दृश्य साँच्चै अनौठो हो । यति सामान्य घटनामा एसपीले नै नेतृत्व गरेर गोली हान्नु उनलाई अस्वभाविक जस्तो लागिरहेको छ ।अहिले शर्माले चारै तिरबाट प्रशंसा पाइरहेका छन् । चर्चित पत्रिका अमर उजालाका लखनउका वरिष्ठ पत्रकार विवेक त्रिपाठीलाई एसपीले गरेको कार्य प्रशंसनीय लाग्यो ।विवेक जसले लगभग एक दशक लामो समय देखि अपराध सम्बन्धी समाचार संकलन गर्दै आइरहेका छन् । उनि जघन्य अपराधमा संलग्नलाई यस्तै खालको सजाय दिनुपर्ने मान्यता राख्छन् ।
विवेक त्रिपाठी भन्छन्, ‘प्रहरी छ भन्ने डर अपराधीहरूमा रहनु पर्छ अन्यथा यो अपराध रोक्न सजिलो छैन । हामी अपराध र अपराध मनोविज्ञान र अपराधीहरूको मनोविज्ञानको उपचार गर्न गइरहेका छौ । यदि तपाईं चाहानुहुन्छ समाजमा अपराधि कम हुनुपर्छ त्यसका लागि उनिहरुमा डर पैदा हुन आवश्यक हुन्छ ।’उत्तर प्रदेशका सेवानिवृत्त डीजीपी सुब्रत त्रिपाठी पनि गोली हान्ने पक्षमा छैनन् । तर मुठभेडमा गोली चल्नुलाई उनि आश्चर्यचकित घटना मान्दैनन् ।लखनऊका वरिष्ठ पत्रकार शरत प्रधानलाई यो घटना ‘राज्य को खराब कानून र व्यवस्था’ र ‘बेलगाम प्रहरी’ को परिणाम भएको जस्तो लाग्छ ।
उनी भन्छन्, ‘प्रहरीले आरोपका आधारमा विना प्रमाण कसैलाई गोली हान्छ भने त्यो गलत नै हो । प्रहरीले गोली हानेर आफ्नो असफलताको परिचय दिइरहेको जस्तो लाग्छ । एक महिलाले आफ्नो छोरी हराएको कुरा डेढ महिना पहिले देखि प्रहरीलाई जानकारी गराईन् ।प्रहरीले लामो समयसम्म बच्ची फेला पार्न सकेन् । उनको शरीर फेला परेको कुरा अन्य मानिसहरूले जानकारी नगर्दासम्म प्रहरी बेखबर नै थियो । यो एक प्रतिनिधि घटना हो । यस्ता घटनाहरु समाजमा धेरै छन् ।’यूपी प्रहरीको मुठभेड बारेमा प्रश्न उठेको छ । यता , सेवानिवृत्त डीजीपी जैनका अनुसार, मुठभेडका घटनाहरु अब दुर्लभ छन् । उनका अनुसार उनले ७० को दशक तिर उनले आफ्नो सेवा सुरु गरेका थिए ।
उनको कार्यकालमा वर्षमा सयौं मुठभेडहरु भए जसमा झण्डै २५० जना जति त मारिएका पनि थिए । उनका अनुसार वर्षेनी घाइतेहरुको संख्या पनि हजारौं हुन्थ्यो ।अहिले मुठभेडमा कमी आएको जस्तो उनलाई लाग्छ । अहिले मानव अधिकार आयोगको कठोरता पछि प्रहरी अधिकारीहरुमा डर पैदा भएको छ । अनुसन्धान एजेन्सी र उच्च न्यायालयले पनि प्रहरीलाई नियन्त्रणमा राख्न खोजेको जस्तो देखिएको छ ।अहिले सर्वसाधारण नागरिकहरुले पनि यसबारे प्रश्न उठाउन सक्छन् । प्रहरीले नक्कली मुठभेड कम गर्दै लगेको छ । तर अपराधीहरूलाई नियन्त्रणमा लिनको लागि खुट्टामा गोली हान्ने चलन भने रोकिएको छैन ।
पहिलेको मुठभेड भनेको युद्ध जस्तो भएको जैन याद गर्छन । त्यो बेलामा प्रहरी वा अपराधि मध्य कोही न कोही मर्नैपर्ने हुन्थ्यो । एसपी अजयपाल शर्मा केहि दिनअघि मात्रै रामपुर गएका छन् ।यो भन्दा पहिले, प्रयागराज प्रहरी मुख्यालयमा एसपीको रूपमा काम गरिएको थिए । पुलिस अधिकारीको बीचमा ‘इनकाउन्टरम्यान’ को रूपमा चिनिने अजयपाल शर्मा झण्डै दुई हप्ता पहिले रामपुर आएका हुन् ।
June 25, 2019 12:47 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

