बिवाहको विषयमा विवाद हुँदा वडा अध्यक्षको उपस्थितीमा निर्घात कुटपिट
विराटनगर । बिवाहको बिषयलाई लिएर विराटनगर महानगरपालिकामा दुई वडा अध्यक्षको उपस्थितीमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको आरोप लागेकाे छ । विराटनगर महानगरपालिका–१४ का वडा अध्यक्ष बलदेव यादव, वडा नम्बर १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका– १ का अध्यक्ष प्रदिपनन्द यादवको उपस्थितीमा विराटनगर १४ का ५५ वर्षिय समानन्द यादवमाथि निर्घात कुटिपिट भएको छोरा राजेशकुमार यादवले आरोप लगाएका हुन् ।
आफुहरुले भनेको केटीसँग छोराको बिवाह गर्न नमानेको भन्दै गत जेठ ३२ गते १४ नम्बर वडा अध्यक्ष बलदेव यादवका छोरा रबिन यादव र आफन्त बिजय यादवलगायतले अध्यक्षहरूकाे उपस्थितीमा निर्घात कुटपिट गरेर गम्भिर घाइते बनाएको राजेशले बताए । पछाडीबाट रडले प्रकार गर्दा बुवा समानन्दको घाँटीको नशा र हड्डीमा गम्भिर चोट पुगेको उनले बताए । उनको बुबाको बिराट नर्सिङ होममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
राजेश भन्छन् — ‘प्रहरीले दोषी पक्राउ गर्न चाहेन्’छोरा राजेशका अनुसार मोरङ जहदा गाउँपलिकाकी एक युवतीसँग उनको विबाह गर्न प्रस्ताव आएको थियो । तर बिवाह गर्न नमानेपछि दुई स्थानीय तहका तीन जना वडा अध्यक्षहरुकै उपस्थितीमा आफ्ना बाबुमाथि गम्भिर आक्रमण गरेको बताए । जघन्य आक्रमण भएपनि इलाका प्रहरी कार्यालय रानीले जाहेरी लिन नमानेका राजेशले बताए । इलाकाले जाहेरी लिन नमानेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा निबेदन गर्न पुगेका थिए । जिल्ला प्रहरीले उजुरी लिन रानीलाई सर्कुलर जारी गरेकाे थियाे । तर असार ३ गते नै उजुरी लिन सर्कुलर दिएपनि हालसम्म दर्ता नभएको राजेशले बताए ।
वडा अध्यक्ष भन्छन्,— ‘कसैले कुटपिट गरेकै छैन ।’विराटनगर महानगरपालिका– १८ का वडा अध्यक्ष सञ्जय शाह समानन्दलाई कसैले कुटपिट नगरेको बताउँछन् । विबाहको बिषयमा विबादमा उनी आफैले भित्तामा टाउको ठोक्काउँदा घाइते भएको उनकाे भनाइ छ । ‘कुटपिट भएकै छैन, नभए त उनको शरिरमा घाउँ चोट भैहाल्थ्यो नि’ उनले भने ‘रोगी मान्छे उनले नै टाउको फुटाएका हुन् ।’ वडा अध्यक्ष बलदेव यादवसँग सम्पर्क हुन सकेन् ।
प्रहरी निरिक्षक भन्छन् ‘जिल्लाबाट सर्कुलर आएको छैन’इलाका प्रहरी कार्यालय रानीका इञ्चार्ज प्रहरी निरिक्षक इन्द्रबहादुर राना घटना स्थलमा जाँचबुझ गर्दा कसैबाट कुटपिट नभएको र विबादका क्रममा शमानन्द आफै बेहोस भएको पाइएको बताउँछन् । उजुरी दर्ता नगरी अनुसन्धानकालागि सोझै जिल्लामा पठाइदिएको उनले बताए ।
June 25, 2019 1:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन