Wednesday 6th August 2025

माेटरसाइकलकाे ठक्करबाट विराटनगरकी सुभद्राकाे मृत्यु

6 years अगाडी

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमवार बिहान मोटरसाइकलको ठक्करबाट विराटनगरकी सुभद्रा भट्टराईको मृत्यु भएको हो ।

बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदल यात्री विराटनगर महानगरपालिका–१ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिएकाे थियाे ।

ठक्करबाट गम्भीर घाइते भट्टराईलाई उपचारकालागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाइएको थियो । उपचारका क्रममा सोमबार राति अस्पतालले मृत घोषणा गरेको हो । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन् ।

          June 25, 2019 4:07 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...