‘शक्तिशाली तान्त्रिक’ बन्न भन्दै अढाई वर्षीय बालकलाई बलि दिने झाँक्री जेल चलान
धनुषा – शक्तिशाली तान्त्रिक बन्न भन्दै अढाई वर्षीय बालकलाई बलिदिने झाँक्री जेल चलान भएका छन् ।धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको बलिदिने ५५ वर्षका शत्रुधन महतो जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल चलान भएका हुन् ।धनुषा जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको छ ।
गएकाे वैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बलिचढाएका थिए । आर्यनको शव २४ गते बिहान घरनजिकैको बाँसघारीमा फेला परेको थियो ।बालकलाई बलिदिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ । महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धान गरेपछि महतोले बालकलाई बली दिएको खुलेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
June 26, 2019 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन