कसरी रुसले ट्रम्पलाई चुनाव जित्न मद्दत गर्यो भन्ने विषयमा मुलर बयान दिन तयार
अमेरिकाका विशेष अधिवक्ता रोबर्ट मुलर २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे आफ्नो रिपोर्टमाथि बयान दिन तयार भएका छन् ।आगामी १७ जुलाईमा हाउस ज्यूडीसीएरी एन्ड इन्टिलिजेन्स कमिटीसामु उपस्थित हुनअघि उनले जनतासामु आफ्नो कुरा राख्नेछन् । कमिटीका अध्यक्ष एडम स्कीफले बुधबार ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् ।
मुलरले तयार गरेका थिए ४४८ पृष्ठ लामो रिपोर्ट : एडमले ट्वीट गर्दै भनेका छन् – रुसले ट्रम्पलाई जिताउन अमेरिकाको लोकतन्त्रमाथि हमला गरेको थियो । ट्रम्पले उसको मद्दतलाई स्वागत गर्दै प्रयोग पनि परे । मुलरले भने अनुसार यो विषयमा सबै अमेरिकीले चिन्ता गर्ने विषय हो । अब यो कुरा हर अमेरिकीले मुलरबाट सुन्न पाउनेछन् ।४४८ पृष्ठ लामो रिपोर्टमा ७४ वर्षीय मुलरले भनेका छन् – रुसी सेना अधिकारीहरुले डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनको चुनाव प्रभावित गर्ने कोशिश गरेका थिए ।
१८ अप्रिलको यो रिपोर्ट कानून मन्त्रालयलाई सुम्पिएको थियो । यद्यपि, रिपोर्ट अन्त्यमा उनले रुसी हस्तक्षेपबारे पर्याप्त साक्षी प्राप्त गर्न असफल भएको पनि लेखेका छन् ।मुलरको रिपोर्टबाट ट्रम्पले रुसी हस्तक्षेपको जाँच नियन्त्रित गर्ने प्रयास गरेको पनि खुलासा भएको थियो ।उनले मुलरलाई जाँचबाट हटाउने कोशिस पनि परेका थिए । मुलर न्याय विभागमा पदस्थ थिए । र, सन् २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेपबारे जाँच गरिरहेका थिए । उनले मेको अन्त्यमा यो पदबाट राजीनामा दिएका थिए ।
मलाई सत्ताबाट हटाउने षड्यन्त्र : ट्रम्प
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी हस्तक्षेपबारे जाँच अनावश्यक रहेको बताउँदै यसलाई आफूलाई सत्ताबाट हटाउने षड्यन्त्रको संज्ञा दिएका छन् । ह्वाइट हाउसकी प्रवक्ता सारा सैन्डर्सले रिपोर्टबाट चुनावको दौरान कुनै हस्तक्षेप नभएको प्रष्ट भएको बताएकी छिन् । कानून मन्त्रालयले पनि जाँचलाई प्रभावित गर्ने कुनै प्रयास नभएको बताएको छ ।
डेमोक्र्याट्सले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका थिए : डेमोक्र्याटले यस मामिलामा ट्रम्पबिरुद्ध महाभियोग लगाउने तयारी गरेका छन् । तर, यस विषयमा डेमोक्र्याट सांसदहरु एक मत देखिएका छैनन् । नेन्सी पेलोसी संसदमा डेमोक्र्याटको नेतृत्व गर्छिन् । उनले चुनाव अघि महाभियोग प्रस्ताव ल्याउन घातक हुने बताइरहेकी छिन् । उता, डेमोक्र्याट संसद जेरी नडलेर पनि महाभियोगको कुरा गर्नबाट बच्न खोजेको देखियो । उनी संसदको कानूनी समितिका अध्यक्ष हुन् ।
June 26, 2019 12:06 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग