२ छोरीलाई कारमै छोडेर रातभर पार्टीमा गाँजा पिउँदै बसिन् आमा, बिहान कारको ढोका खोल्दा उड्यो होस
टेक्सास । अमेरिकाको एक अदालतले बच्चाको हेरचाह गर्ने विषयको मुद्दामा एक महिलालाई ४० वर्षको जेल सजाय सुनाएको छ । ती महिला आफ्ना २ नाबालक छोरीहरुलाई कारमा बन्द गरेर पार्टीमा गएकी थिइन् । घण्टौंसम्म कारमा बन्द रहेका कारण भयानक गर्मी र सास फेर्न नपाएपछि ती दुई बालिकाको मृत्यु भयो । अदालतमा भएको सुनुवाइको क्रममा ती महिलाले आफ्नो बचाउको लागि कैयौं तर्क दिइन् । तर न्यायाधीशले उनका सबै तर्क अस्वीकार गर्दै उनलाई दोषी ठहर गरी ४० वर्षको जेल सजाय सुनाएका छन् ।
दुई बालिकाको मृत्युको यो घटना ७ जून २०१७ मा हिल काउन्टी क्षेत्रमा भएको थियो । १९ वर्षकी अमान्डा हकिन्स आफ्ना २ छोरी १ वर्षकी ब्रायन र २ वर्षकी एडिसनलाई लिएर घुम्न निस्केकी थिइन् । उनले छोरीहरुलाई गाडीमै छोडेर साथीहरुसँग पार्टी गर्न निस्किइन् । पार्टीमा नशाका कारण उनलाई छोरीहरुको ख्याल भएन र उनी रातभर त्यहीँ रहिन् । दुवै बालिका करिब १८ देखि १८ घण्टा गाडीमै बन्द रहे । यस क्रममा भित्रको तापक्रम अध्त्याधिक बढ्यो र गर्मीमा निसास्सिएर दुवै छोरीको मृत्यु भयो ।
महिलालाई छोरीहरुको याद भोलिपल्ट दिउँसो मात्र आयो । तर, जब उनी त्यहाँ पुगिन् त्यतिबेलासम्म दुवै बालिकाको मृत्यु भइसकेको थियो । त्यसपछि महिलाले ती दुईलाई लिएर अस्पताल पनि गइन् जहाँ डाक्टरले ४० घण्टासम्म बालिकाहरुलाई बचाउने कोसिस गरे तर केही फाइदा भएन । महिलाले गुगलमा पनि छोरीहरुलाई बचाउने तरिका खोजेकी थिइन् ।
June 26, 2019 12:56 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग