

नेपाल एअरलाइन्सले बेच्ने भयो बोइङ, अब एअरबसका मात्रै जहाज

काठमाण्डौ – नेपाल वायु सेवा निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्ने भएको छ । जहाज बेच्न निगमले बुधबार अन्तर्राष्ट्रिय बोलबत्र आह्वान गरेको छ । ३२ वर्ष पुरानो बोइङ ७५७ एसीबी सिरिजको यो जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड भएको थियो । यो जहाज १ सय ९० सिट क्षमताको छ ।
यो जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्ने निगमले जनाएको छ । बोलपत्र भर्नेले ३ करोड ८४ लाख रुपैयाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने निगमले जनाएको छ ।निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९ मा किनेको थियो ।
यही सिरिजको अर्को कर्णाली नामको जहाज निगमले दुई वर्षअघि नै हाल गैरआवासीय नेपाली संघका अध्यक्ष रहेका भवन भट्टलाई बेचेको थियो । तर बिक्री भएको जहाज अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड रहेको छ । यी दुई जहाजमार्फत निगमले आफ्नो स्वर्ण युगमा फ्रयांकफर्ट, लण्डन, पेरिस, टोक्यो र संघाईसम्म उडान गरेको थियो
बोइङ कम्पनीको यो जहाज बिक्रीपछि नेपाल वायुसेवा निगमसँग एअरबस कम्पनीमा मात्रै जहाज हुनेछन् । निगमले ४ वर्षअघि एअरबस ३२०–२२० सिरिजका २ वटा जहाज किनेको थियो भने गएको वर्ष एअरबसकै ३३०–२०० सिरिजका २ वटा वाइडबडी जहाज किनेको छ । एअरबसको जहाज बिक्रीपछि निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि एअरबसका ४ वटा मात्रै जहाज रहनेछन् ।
June 26, 2019 1:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

