Tuesday 5th August 2025

बालुवाटार जग्गा प्रकरणमा संलग्नलाई अख्तियारले बोलायो बयान दिन

6 years अगाडी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीसँग मिलेर बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारलाई बयानका लागि बोलाएको छ।अख्तियारले बुधबार सूचना जारी गर्दै पूर्वसचिव शारदा त्रितालको समितिले भूमाफिया भनेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीका परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ।

अख्तियारले भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरूङको परिवारलाई पनि बयानका लागि बोलाएको छ।त्यस्तै ललिता निवासको सरकारी जग्गामा अनाधिकृत मोही बन्नेहरूलाई पनि अख्तियारले बयानका लागि बोलाएको छ।ढकाल, सुवेदी र गुरूङको परिवारका नाममा अझै पनि २८ रोपनी जग्गा छ।

ढकाल र सुवेदीका श्रीमती उमा ढकाल र माधवी सुवेदीका नाममा रहेको कित्ता नम्बर ३०९ र ३०१५ को आठ आना जग्गा विष्णु पौडेलका छोरा नविन पौडेलका नाममा पास भएको देखिन्छ। यो तथ्य बाहिर आएपछि नेकपा महासचिव पौडेल पनि विवादमा मुछिएका छन्।२०६१ सालमा विष्णु पौडेललाई ८ आना जग्गा ढकालकी पत्नी उमा र सुवेदीकी पत्नी माधवीले हस्तान्तरण गरेका थिए।

          June 26, 2019 1:49 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...