‘ऊ आँखाभरि आँसु पारेर छेउमा बस्थी, छोराछोरी सम्झेर उपचार गरें’
धनकुटाको साँगुरीगढी गाँउपालिका डाँडाबजारका गोविन्द मगरले वर्ष दिनअघि धरान पुगेर एउटा कुकुर किने।जर्मन सेफर्ड जातकी छ महिनाकी कुकुरकी बच्ची किन्न २० हजार रुपैयाँ खर्च भयो।कुकुरका सौखिन मगरले घरको सुरक्षा पनि होस् भनेर उसलाई धरानबाट धनकुटा ल्याएका थिए।छाउरी सानी थिई। घरभित्रै बस्थी। बेलाबेलामा भुक्थी। धेरै समय घरका मानिससँग टाँसिन आइपुग्थी। लुटुपुटु गर्दै माया देखाउँथी। मगरले उनको नाम नै माया राखे।
पछिल्लो एक महिनादेखि मायालाई बिसञ्चो भयो। भुक्न छाडी, खेल्न पनि सकिनँ।तर के गर्नु, ऊ आफूलाई के भएको भन्न सक्दिनथी। केही दिनपछि त ऊ हिँड्न पनि नसक्ने भई। ‘पेट फुलेर झुन्डिन थाल्यो। सिकिस्त परेपछि आँखाभरि आँसु पारेर मेरो छेऊमा आएर बस्थी,’ मगरले टेलिफोनमा सेतोपाटीसँग भने, ‘उसको मलाई आफ्नै छोराछोरीको जस्तो माया लाग्थ्यो। मायाले खानै खान छोडेपछि डाक्टरलाई देखाउन लगें।’
पशु चिकित्सक डाक्टर देवकुमार दर्लामीसँग मगरको राम्रै चिनजान थियो।दर्लामीले मायाको पेटमा के भएको चेकजाँच गरे।जाँच गर्दा थाहा भयो- उसको पेटमा ट्युमर पलाएको छ, जुन निकै ठूलो छ।डाक्टर दर्लामीले अपरेशन गरेर मायाको पेटभित्रको ट्युमर निकाल्नु पर्ने बताए।मगरले मान्छेको अपरेशन गरेर ट्युमर निकालेको सुनेका थिए। तर कुकुरको अपरेशन गर्ने कुराले उनलाई सुरूमा अचम्ममा पार्यो।
काठमाडौंको निजी पशु स्वास्थ्य केन्द्रमा काम गरेर धनकुटाको भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा सरूवा भएका डाक्टर दर्लामीले कुकुरको शरिरमा पनि अपरेशन गर्न सकिने बताए।उनलाई एक्लै अपरेशन गर्ने आँट भने आएन। झापाका पशु चिकित्सक डाक्टर रमेश घिमिरे दर्लामीका साथी हुन्। घिमिरे पशुको शल्यक्रिया गर्ने विज्ञ र जानकार मानिन्छन्। दर्लामीले घिमिरेलाई धनकुटा बोलाए।
असार ८ गते मगरको घरमै मायाको अपरेशन हुने भयो।अपरेशनका लागि चाहिने कैंचीलगायत सामान मगर आफैंले किने।‘सामान किन्न १० हजारजति खर्च भयो, डाक्टरसाबहरूले अपरेशनको पैसा लिनु भएन,’ मगरले भने।मायालाई बेहोस बनाइयो। डाक्टर दर्लामी र घिमिरेले मायाको पेट चिरे। उसको पेटमा दुई किलोग्रामको ट्युमर रहेछ।चार घन्टा लगाएर ट्युमर बाहिर निकालियो।‘मानिसलाई जसरी शल्यक्रिया गरिन्छ सबै विधि उही नै हो,’ डाक्टर घिमिरेले भने,‘यस्तो प्रकृतिको शल्यक्रिया संवेदनशिल मानिन्छ।’
घिमिरेका अनुसार अपरेशन सकिएको एक घन्टापछि माया होसमा आई।‘काठमाडौंमा मानिसहरूले घरपालुवा जनावरलाई गम्भीर रोग लागे लाखौं खर्चेर उपचार गर्छन्,’ डाक्टर दर्लामीले भने, ‘उपत्यकाबाहिरचाहिँ यस्तो घटना नौलो हो।’माया अहिले ऊ तंग्रिन थालेकी छ।मालिक मगरलाई आशा छ-माया छिट्टै निको हुनेछ र पहिलाजस्तै यताउता जानेछ।मायाको उपचार गर्न सकेकोमा मगरलाई सन्तोष छ।सेफर्ड जातका कुकुरको उमेर १२ देखि १५ वर्ष हुन्छ। बिरामी परिनँ भने माया अझै कम्तिमा १० वर्ष मगरसँगै हुनेछ।
June 26, 2019 1:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री