Tuesday 5th August 2025

पानी र हावाहुरीसहित परेको चट्याङ लागेर २ युवाको मृत्यु

6 years अगाडी

काठमाडौँ । मोरङको रङ्गेली नगरपालिकामा बुधबार अपराह्न हावाहुरी एवं पानीका साथ परेको चट्याङ लागेर दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार रङ्गेली–९ दोहमना बजार नजिक चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेव घाइते भई उपचारका लागि अस्पताल लग्दा चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन्।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

          June 27, 2019 10:40 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...