पाँचथरमा आगलागी, ५६ लाखभन्दा बढीको क्षति
पाँचथर – कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा बिहीबार बिहान आगलागी भएको छ ।आगलागीबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जलेर नष्ट भएको घरमा किराना पसलसमेत रहेको थियो ।
सम्बाहाम्फेको घरमा रहेको किराना पसलका सम्पूर्ण सामानसँगै १० तोला सुन, नगद १ लाख ५० हजार, लत्ता कपडा, अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी चौकी यासोकका इन्चार्ज वानबहादुर चौहानले बताउनुभयो ।
आगलागीबाट सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको छ ।बिहान साढे ६ बजे सुरु भएको आगलागी करिब तीनघण्टा पछि नियन्त्रणमा लिइएको थियो । सदरमुकाम फिदिमबाट करिब २ घण्टाको दूरीमा रहेको यो ठाउँमा आगलागी नियन्त्रण भएपछिमात्र फिदिमबाट गएको दमकल पुगेको थियो ।
June 27, 2019 12:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी