आज घट्यो कि बढ्यो सुन-चाँदीको भाउ ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ हिजो बुधबार ५ सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज बिहीबार पनि छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले डिसी नेपाललाई जनाएको छ। यसअघि छापावाल सुन ६५ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्न सक्ने छ।
June 27, 2019 2:03 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
Loading...