Tuesday 5th August 2025

अर्घाखाँचीमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, दुई जना घाइते

6 years अगाडी

अर्घाखाँची – सन्धिखर्क १० पाेखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । नाैलापानीबाट सन्धिखर्क आउँदै गरेकाे लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पाेखेडाँडाकाे ओरालाेमा बिहीबार बिहान दुर्घटनामा परेको हाे ।

दुर्घटनामा सन्धिखर्क–९ नाैलापानीका ७० वर्षीय बाेमबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् । घाईते दुबै जनाकाे जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

          June 27, 2019 2:12 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...