डाक्टरले नै गरे यस्तो खुलासा, जब शरीरबाटआत्मा निस्कियो
एजेन्सी। आजकलको जमानामा प्राय मानिसहरु फिटनेसप्रति निकै सजग हुन्छन्। शरीरको वजनलाई लिएर पनि धेरै मानिस सचेत हुन्छन्। आफ्नो शरीरलाई कसरी फिट राख्ने भन्ने विषयमा युवाहरु चिन्तित हुन्छन्। कोही आफ्नो मोटो शरीरदेखि चिन्तित हुन्छन् भने केही अनुहारमा आएको चायादेखि चिन्तित हुन्छन्। हामी सबैलाई थाहा भएको विषय हो भने शरीरको प्रत्येक अंगको आफ्नै वजन हुन्छ। यी सबै अंगको वजनका विषयमा तपाइँले सुन्नु भएको होला। तर के तपाइँले आत्मको वजनका विषयमा सुन्नु भएको छ?
मानिस जन्मिएपछि उसको मृत्यु पनि निश्चित छ। मृत्यु सबैको जीवनको सबैभन्दा ठूलो सत्य हो। जसलाई कसैले पनि रोक्न सक्दैन।
शास्त्रका अनुसार आत्मा अमर हुन्छ। आत्म एउटा शरीरबाट निस्किएर अर्को शरीरमा प्रवेश गर्छ। यदि हामीले आफ्नो शरीरमा भएका कपडा र जुत्ता लिएर आफ्नो तौल नाप्ने हो भने वजनमा केही तलमाथि हुन सक्छ। तर मानिसको मृत्यु भएपछि आत्म निस्किएपछि शरीरको वजनमा केही फरक पर्छ?
यही विषयलाई पत्ता लगाउन १० अप्रील १९०१ मा अमेरिकी डार्चेस्टरमा एक प्रयोग गरिएको थियो। डा. डंकन म्याक डगलले आफ्ना अन्य चार जना साथी डाक्टरसँग यो प्रयोग गरेका थिए। यो प्रयोगमा यस्ता पाँच पुरुष र एक महिला विरामीलाई लिइएको थियो जसको स्वास्थ्य अवस्था निकै नाजुक थियो। मृत्यु भन्दा पहिला निकै सावधानीसँग उनीहरुको वजन नाप गरिएको थियो।
यसलाई विशेष प्रकारले डिजाइन गरिएको फेयरब्याक्स वेट स्केलमा राखिएको थियो। जसै विरामीको निधन भयो तव वेइङ स्केलको बिम तल झर्यो। यसबाट के थाहा भयो भने निधन भएपछि उनको वजन करिव तीन चौथाई आउन्स कम भयो। अन्य तीन विरामीसँग पनि यस्तै भयो। यद्यपी पछि मेशिनमा खराबी आएपछि दुई जनाको टेस्ट गर्न सकिएन। यसबाट के थाहा भयो भने हाम्रो आत्माको वजन २१ ग्राम हुने रहेछ। यसबाट शरीरमा अन्य अंगको जस्तै आत्माको पनि वजन हुने कुरा पत्ता लागेको थियो।
June 27, 2019 2:16 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग