

भारतीय जनताले मोदीलाई भन्न थाले जनताको सेवा कसरी गर्नुपर्छ नेपालका प्रधानमन्त्रीबाट सिक

काठमाडौ । नेपालले भारतीय तरकारी र फलफुलका विषादी मिसिएको भन्दै सीमाबाट फिर्ता गरिदिएपछि भारतमा रुवाबासी देखिएको छ । हप्तौदेखि सीमामा भारतीय ट्रक रोकिएपछि आफुसँग भएको पैसा सकिएको भन्दै चालकहरुले दुःखेसो पोख्दै आएका छन् । भारतका विभिन्न राज्यहरुबाट नेपालमा फलफुल तथा तरकारी आउने गरेको थियो । नेपाल सरकारले उठाएको यस कदमलाई धेरै भारतीयहरुले सकारात्मक भनेका छन् ।
उनिहरुका अनुसार अब भारतले पनि विषादी परिक्षण गरेर मात्रै उपभोक्तलाई तरकारी तथा फलफुल वितरण गर्नुपर्छ । नेपाल सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछिमात्र नेपाल भित्र्याउने नीति बनाएपछि त्यसको असर भारतीय व्यापारीमा गम्भीर रुपमा देखिएको छ । यो विषयलाई भारतीय संचारमाध्यमले प्रमुखताका साथ देखाएका छन् ।
नेपाल सरकारले भारतबाट नेपाल जाने तरकारी र फलफूल किन्न रोक लगाएको भन्दै भारतीय सञ्चारमाध्यमहरुमा समाचार आउने गरेका छन् । भारतीय मिडियाहरुले नेपालको नयाँ नियम भन्दै ल्याब टेस्ट गरेपछि मात्र भारतबाट नेपाल भित्रिने तरकारी र फलफूललाई एनओसी प्राप्त हुने जनाएको छन । एनओसी प्राप्तभएपछि मात्र तरकारी र फलफूल नेपाल भित्रिने समाचारमा जनाइएको छ। ल्याब परीक्षणमा कमजोर देखिएपछि नेपालको भन्सार विभागले तरकारी र फलफूल बोकेका सयौं ट्रक फिर्ता गरेको बताइरहेका छन् ।
नेपाल सरकारले उठाएको यो कदमले भारतीयहरु पनि खुःशी देखिएका छन् । उनिहरुले पनि अब तरकारी र फलफुल खाएका भरमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट छुट्कारा पाउँन भारतको नरेन्द्र मोदी सरकार वा राज्य सरकारले परीक्षणलाई अनिवार्य बनाउनुपर्ने र नेपालबाट धेरै कुरा सिक्नुपर्ने जनाएका छन् । धेरैले नेपाल सरकारले जनताको स्वार्थ हेरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन् ।
June 27, 2019 2:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

