शिशिर भण्डारी र ट्वीन्स गर्लको दोश्रो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
जिवन रसाइली निर्देशित ‘अमिलो निबुवा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जिवन रशाइलि र निकिता थापाको स्वरमा रहेको उक्त गीतमा दिपक सिलवालको संगित र शब्द रहेको छ । सार्वजनिक गीतमा चर्चित कलाकार तथा भिजे शिशिर भण्डारी, टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडा, मिलन शंकर सहित अन्य जुम्लयाह दिदि बहिनि दिपा र दमान्त श्रेष्ठको अभिनय रहेको छ । नवराज उप्रेतिको सिनेमाटोग्राफि र गम्भिर विष्टको कोरियोग्राफि रहेको उक्त म्युजिक भिडियोका इडिटर भने नविन निरौला हुन् । अजित रायमाझी र मनोज जोशि प्रोडक्सन म्यानेजर रहेको उक्त म्युजिक भिडियो युट्युब च्यानल हेल्लो अष्ट्रलिया टिभीबाट बिहिबार दिउँसो ३ बजे सार्वजनिक गरिएको छ ।
जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको चर्चित कलाकार शिशिरसँगको यो दोश्रो म्युजिक भिडियो हो । यसअघि टिकटकमा निकै रुचाइएका प्रिन्सी र प्रिज्माले शिशिरसँगै म्युजिक भिडियोमा डेब्यु गरेका थिए । शिशिरसँग टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको डेब्यु गित ‘माया जिन्दावाद’ लाई दर्शकले अत्याधिक रुचाएका थिए । ट्विन्स गर्लको यो भने तेश्रो म्युजिक भिडियो हो । यसअघि उनीहरुले प्रमोद खेरेलको गित झुमाझमामा पल शाहसँग अभिनय गरेका थिए ।
नेपालको मोडलिङ क्षेत्रका चर्चित मोडल तथा नायक मिलन शंकरको उक्त म्युजिक भिडियोमा देखिएको लुक्सलाई लिएर शाहरुख खानसँग दाँजीएको छ । समाजिक संजालमा सार्वजनिक गरिएको म्युजिक भिडियोको पोष्टरमा देखिएका मिलनको दारी कटाई र लुक्स वलिउडका चर्चित नायक शाहरुखसँग मेल खाएको प्रतिक्रियाहरु आएको छ । मिलनको लुक्स र एक्सेप्रेसनको मोडलिङ क्षेत्रमा निकैनै चर्चा हुने गरेको छ । मिलन शंकर पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् । उनले झण्डै दुई सय बढि भिडियोमा मोडलिङ गरिसकेका छन् ।
June 27, 2019 4:56 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने