Tuesday 5th August 2025

मानव तस्करीको नयाँ गन्तब्य केन्या, १२ नेपाली युवती पक्राउ परेपछि खुल्यो तस्करीको रहस्य !

6 years अगाडी

मानव तस्करीको सूचना पाएको केन्या प्रहरीले न्याली सहरको न्यू रङ्गिला एन्ड रेस्टुरेन्टमा छापा मारेर १२ नेपाली महिलाको उद्धार गर्याे । सूचना आएको लामो समयसम्म प्रयास गरेको प्रहरीले १२ जना नेपाली युवतीलाई पक्राउ गरेपछि नयाँ तथ्य पत्ता लागेको छ । यौन तस्करी तथा मानव तस्करीलाई लक्षित गरी भएको धरपकडपछि प्रहरीले अबैध बाटो हुँदै केन्या पुगेको पत्ता लगाएको हो ।

केन्या प्रहरी अधिकृतले मानव तस्करीविरुद्धको अप्रेशन सफल भएको बताएका छन् । ती अधिकृतका अनुसार पक्राउ परेका युवती लुङ्गालुङ्गा नाका हँुदै केन्या प्रवेश गरेका हुन् । नेपालबाट कताको बाटो हुँदै केन्या प्रवेश गरे भन्ने विषय अनुसन्धान भैरहेको जनाइएको छ ।पक्राउ परेका १३ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गराएको छ । यौन धन्दामा संलग्न भएका वा गराउने जो कोही पनि कानुनबाट उम्किन नसक्ने र त्यसका लागि विभिन्न सुरक्षा कम्पनी र समूहसँग मिलेर काम गरिरहेको बताइएको छ । यौन तस्करी गरिएकाहरुले विभिन्न माध्यमबाट ग्राहकहरुलाई अबैध यौन कार्यमा प्रयोग गरिन्छन् ।

तस्करी रोक्नका लागि केन्याको सीमावर्ती क्षेत्रमा अवैधानिक आप्रवासीलाई रोक्न प्रहरी कमजोर भएको बताइएको छ । घरेलु कामदारको रुपमा हजारौँ नेपाली महिलाहरुलाई विदेश पुर्याएर यौन धन्दामा प्रयोग गर्ने केन्या प्रहरीको दाबी छ । केन्यामा धेरै नेपाली महिलाहरुलाई झुक्याइएको छ ।हजारांै नेपाली महिलाहरुको दर्दानक कथा छ । २० वर्षीय असली बाई एक वर्षअगाडि केन्या आएकी थिइन् । असल काममा मेहनत गरेर परिवारलाई सहयोग गर्ने सपना बोकेर केन्या आएकी कामदारलाई यौनधन्दामा संलग्न गराइएको छ । असलाबाई(नाम परिवर्तन) परिवारका ७ सन्तान मध्येको जेठी सन्तान हुन् । परिवारको आर्थिक कमजोरीको कारण ७ वर्षको उमेरमा विद्यालय छाडेपछि उनी घरेलु कामदारको रुपमा काम गर्न थालिन् ।

यस्तै शिलशिलामा उनको भेट विशाल नाम गरेको एक दलालसँग भेट भयो । आफ्नो समस्या सुनाएपछि उनलाई केन्यामा काम गर्ने प्रस्ताव आयो । विशालले आफ्नो एकजना साथी रहेको र उनले नित्य वा गायनका लागि राम्रो काम दिलाउन सक्ने सुनाए । ‘त्यसमा म आकर्षित भएँ’, उनले भनिन् ।’विशालले असलालाई असिफ नाम गरेको एकजना व्यक्तिसँग चिनाजान गराइदिए । एक हप्तापछि असलाको हातमा पास्पोर्ट र केन्यासम्मको प्लेन टिकट हात पर्यो । गत नोभेम्बरमा उनी मोइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन् । त्यहाँबाट असिफले उनलाई बाम्बुरीस्थित अपार्टमेन्टमा लगे । एक दिन आराम गर्न भने । आफ्नो नयाँ कामको बारेमा उनले जानकारी पाइन् ।

उनको नयाँ काम न्यालीस्थित न्यू रङ्गिला बारमा नित्य प्रस्तुत गर्नु थियो । विभिन्न माध्यमबाट ग्राहकलाई सन्तुष्ट गराउनु थियो । त्यसपछि असिफले उनको पासपोर्ट जफत गरेको उनले बताएकी छन् । केन्यामा हुँदैआएको अन्तर्राष्ट्रिय मानव तस्करीसम्बन्धी अनुसन्धान गर्ने क्रममा प्रहरीलाई बयान दिएका ४ महिलामध्ये असला एक हुन् ।यी महिलाहरुको वयानबाट प्रष्ट हुन्छ कि यौन तस्करीको ओसारपसार गर्ने केन्द्र मानिएको केन्या अहिले मुख्य गन्तब्य बनेको छ । द न्यु रङ्गिला क्लब यसै अनुसन्धानको मुख्य केन्द्रविन्दु बनेको छ । जसका सञ्चालक असलीजस्तालाई केन्यामा ल्याउने मोम्बासाका धनाढ्य असिफ अमिराली अलिभाइ जेठा हुन् । उनले २०१४ देखी क्लब चलाउँदै आएका छन् ।

२६ वर्षीय सञ्चिता १० महिनदेखि अन्य १० नेपाली युवतीसँग बस्दै आएकी थिइन् । यो अवधिमा उनीहरुलाई राति ९–१० बजेको समयमा मात्र अपार्टमेण्टदेखि क्लब लगिन्थ्यो र क्लब बन्द भएपछि बिहान ३ बजे अपार्टमेन्ट ल्यान्थ्यो । काममा जाने आउनेदेखि बाहेकको समयमा उनीहरुलाई बहिर निस्किन पाउँदैनथिए ।महिनाको एक दिन बिदा थियो र त्यो दिनपनि उनीहरु आफ्नो मालिकको निगरानिमा रहन्थे । दिउँसो ३ देखि बेलुका ६ बजेको अवधीमा मात्र मोबाइल प्रयोग गर्न पाउथे । महिनामा घर पठाउनको लागि ६० देखि ७० हजार सइलिङ बच्ने गरेको उनले बताइन् । ३० वर्षीया रञ्जिताको पीडा पनि मिल्दोजुल्दो छ । आर्थिक समस्याका कारण पढाइ छाडेकी उनले नेपालमा नित्य गर्दै आएकी थिइन् । यसैबीच आफ्नो क्षमताअनुसार केन्यामा राम्रो अवसर रहेको कुरा आफ्नो साथीबाट थाहा पाइन् र असिफसङ उनको सम्पर्क भयो । असिफले उनलाई फोनबाट अन्तरवार्ता लिएका थिए ।

रञ्जिताले उनलाई एक महिनाको तलब अग्रिम भुक्तानी दिन अनुरोध गरिन् । असिफले उनलाई प्लेन टिकेट खरिद गरिदिएर बैकको ऋण तिर्न र कपडा किन्न ८० हजार पठाइदिए । गत अगस्टमा केन्या आएकी उनले कडाइ रहेको बताइन् ।उनीहरुको सम्पूर्ण खर्च मालिकले व्यहोर्ने गरेका थिए । आफ्नो मासिक ८०००० सिलिङ पारिश्रमिकबाट आफूले १०–१५ हजार राखेर बाँकी नेपाल पठाउने गरेको बताइन् । उनीहरुलाई टिप्स संकलन गर्ने एउटा तार्गेट दिइन्थ्यो । रञ्जिताको सलिङ चार लाख थियो । ग्राहकहरुले उनीहरुलाई सिधै उनीहरुकै हातमा टिप्स थमाउथे ।

धेरैजसोले उनीहरुको नाम लेखिएको टिप्स बक्समा खसाल्ने गर्थे । यसरी नै दिनहरु चलिरहेको थियो । अप्रिल १३ मा बिहान ३ बजेको समयमा केन्याली गुप्तचरहरुले उक्त क्लबमा छापा मारेको थियो । त्यो बेला उनीहरु क्लबमा नित्य प्रदर्शन गरिरहेका थिए ।संयुक्त राष्ट्र संघको मानव तस्करसम्बन्धी २०१८ को ग्लोबल रिपोर्टअनुसार यौन शोषण र श्रम शोषण मानव तस्करीका मुख्य कारण हुन् । मानव तस्करीमध्ये ५०५ यौन शोषणको लागि, ४९५ श्रम शोषणको लागि र बाँकी १५ अन्य प्रयोजनको लागि भएको देखिन्छ जसको सिकारमा प्रायजसो महिला र बालबालिकाहरु हुनेगरेका छन् ।युएस डिपार्टमेन्ट २०१८ को प्रतिवेदनअनुसार केन्याले अझैपनि मानव तस्करी नियन्त्रण गर्नका लागि न्युनतम मापदण्डहरु पूरा गर्न सकेको छैन् । केन्याली सञ्चार माध्ययम डेलीनेसनको सहयोगमा

          June 28, 2019 1:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...