सम्बन्धविच्छेदको फैसला हुनै लाग्दा श्रीमानलाई ८ अर्ब ८७ करोडको चिठ्ठा परेपछि
एजेन्सी। अमेरिकाको मिशिगनका रिचर्ड डिक जेलास्कोको त्यतिबेला खुसीको सीमा रहेन जब उनलाई ८ अर्ब ८७ करोड (८० मिलियन डलर)को चिठ्ठा पर्यो । तर, अदालतले आदेश दिएको छ कि यो रकमको आधा उनले श्रीमतीलाई दिनुपर्छ । चिठ्ठा पर्दा उनको श्रमितीसँग सम्बन्धविच्छेदको केस अदालतमा चलिरहेको थियो तर फैसला हुन बााकी थियो ।
यो फैसलाविरुद्ध रिचर्डका वकिलले पुनरावलोकनको लागि निवेदन दिएका छन् । निवेदनमा तर्क गरिएको छ कि लट्री लाग्नु रिचर्डको भाग्य हो । यसमा पत्नीलाई आधा दिनु पूर्ण रुपमा गलत हो । वकिलका अनुसार यदि अदालतले फैसला नबदलेमा उनी सर्वोच्च अदालत जानेछन् ।
रिचर्डको बिहे २००४ मा मेरी बेथ जेलास्कोसँग भएको थियो । उनहिरुका तीन सन्तान छन् । २०१३ मा जब रिचर्डलाई चिठ्ठा पर्यो त्यतिबेला उनीहरुबीच सम्बनधविच्छेदको केस चलिरहेको थियो । अदालतको आदेशमा त्यतिबेला उनीहरु २ वर्षदेखि छुट्टाछुट्टै बसिरहेका थिए ।
June 28, 2019 1:39 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग