Sunday 8th June 2025

४ कक्षामा पढ्ने बालिकाले स्कुल जाने बाटो बनाइदिन भन्दै प्रधानमन्त्रीलाई लेखेको पत्र रातारात भाइरल ! आखिर को हुन् प्राप्ती लामिछाने ?

6 years अगाडी

अहिले सामाजिक संजालमा एक पत्र भाइरल भइरहेको छ । ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नै हातले लेखेको यो पत्र सामाजिक संजालमा अत्याधिक शेयर भइरहेको छ । प्राप्ति लामिछाने नामकी ती बालिकाले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । सामाजिक संजाल प्रयोगकर्ताले अहिले यो पत्र निकै शेयर गरिरहेका छन् ।

राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् । सामाजिक संजालमा प्रयोगकर्ताहरुले यो पत्र शेयर गर्दै यो पत्रलाई शेयर गरी भाइरल बनाऔं भने सन्देश समेत लेखेका छन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।

          June 28, 2019 2:47 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...