४ कक्षामा पढ्ने बालिकाले स्कुल जाने बाटो बनाइदिन भन्दै प्रधानमन्त्रीलाई लेखेको पत्र रातारात भाइरल ! आखिर को हुन् प्राप्ती लामिछाने ?
अहिले सामाजिक संजालमा एक पत्र भाइरल भइरहेको छ । ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नै हातले लेखेको यो पत्र सामाजिक संजालमा अत्याधिक शेयर भइरहेको छ । प्राप्ति लामिछाने नामकी ती बालिकाले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । सामाजिक संजाल प्रयोगकर्ताले अहिले यो पत्र निकै शेयर गरिरहेका छन् ।
राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् । सामाजिक संजालमा प्रयोगकर्ताहरुले यो पत्र शेयर गर्दै यो पत्रलाई शेयर गरी भाइरल बनाऔं भने सन्देश समेत लेखेका छन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।
June 28, 2019 2:47 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत