

गृह मन्त्रालयका सह- सचिवको गाडीलाई कारवाही गरेका ट्राफिक प्रहरी सम्मानित !

काठमान्डौ , गृह मन्त्रालयका सह- सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा बा २ झ ३४६ नम्बरको सरकारी गाडी राखेर खाना खान गएका थिए । सोही समय प्रहरीले उनको गाडीमा लक लगाएको थियो ।
उनै ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै सम्मान गरेका हुन् । प्रवक्तालाई नै कारवाही गरेर चर्चामा आएका ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए ।
गाडी लक गरिएपछि प्रहरीलाई धम्काएर गाडी फिर्ता लान खोजेका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजार को चिट काटेका थिए ।
June 28, 2019 3:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

