श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै
काठमाडौं, १३ असार । विश्वकप क्रिकेटमा आज श्रीलङ्का र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।आजको खेलमा दक्षिण अफ्रिकाले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको छ ।सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलङ्काको लागि जित्नै पर्ने दवाव छ । पराजित भएमा श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । ६ खेलमध्ये दुई खेलमा जित दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अङ्क बाँडेको श्रीलङ्काको ६ अङ्क छ ।
अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्का अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउनका लागि उसले अबका सबै खेल जित्नुपर्ने हुन्छ । दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा मात्रै जित र पाँच खेलमा हार तथा एक खेल पानी परेपछि अङ्क बाँड्दै तीन अङ्क बनाएको छ ।दक्षिण अफ्रिकाको अबको खेल उसको प्रतिष्ठाका लागि मात्र हुनेछ ।
June 28, 2019 3:11 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी