

गीतकार दिलिप योञ्जनद्वारा विष्णुमायालाई आर्थिक सहयोग

काठमाडौँ । गतवर्षदेखि बुवा र आमामा घाँटीको क्यान्सर भएपछि आर्थिक रुपमा कमजोर बनेकी कक्षा १२ मा अध्ययनरत विष्णु मायाकालाई साहित्यकार विना थिङले आर्थिक सहयोग गरेकी छन्।विष्णु मायाका लागि अमेरिकामा बस्दैँ आएका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङले नगद २५ हजार सहयोग गरेका हुन्। साथै उनले बालिकाको उच्च शिक्षाका लागि आफूले सहयोग गर्ने प्रतिबद्वता जनाएकी हुन्।
कोरियामा रहेका मान कुमार लामाले आफ्नो जन्मदिनको अवसर पारेर औषधि उपचारको लागि रु ५ हजार नगद उपलब्ध गराएका छन्। कमजोर आर्थिक अवस्थामा भएको कारण शौक्षिक भविष्यका लागि आफूले निरन्तर सहयोग गर्ने गीतकार योञ्जनले बताए। शिक्षाको ज्योतिबाट कोही बालबालिका पनि टाढा नहुन् भन्नको लागि उनले निरन्तर सहयोग गदैँ आएका छन्।
केही समय अगाडि उनले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराएका थिए।
June 29, 2019 11:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

