

जीप दुर्घटना : छाेरालाई बचाए तर आफू बाँचेनन्
6 years अगाडी
Susma Dhakal

दाङ – श्रीगाउँमा शनिबार बिहान भएको जीप दुर्घटनामा चालकको ज्यान गएको छ । जीप दुर्घटनामा दंगिशरण गाउँपालिका-७ रचपलका २९ वर्षीय डिल्लीबहादुर वलीको ज्यान गएको प्रहरीले जनाएको छ । शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घाइते चालक वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जीपमा जम्मा ४ जना मात्रै सवार थिए । उनीहरु सबै घर परिवारका सदस्यहरु मात्रै रहेको खुल्न आएको छ । जीपमा सवार अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक वलीले छोरालाई जोगाउन बाहिर फालेका थिए । उनी आफू पनि हाम फाल्ने क्रममा जीपले च्यापिएका कारण ज्यान गएको हो । साथै उनको छोराको अवस्था पनि सामान्य छ ।
June 29, 2019 1:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने
Loading...

