Sunday 3rd August 2025

सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढ्योः देउवा

6 years अगाडी

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार राजधानी काठमाडौंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताएका हुन् ।

उनले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गरे । उनले राष्ट्र र प्रजातन्त्रका लागि सबैभन्दा ठूलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाए । सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत गरे ।

          June 29, 2019 3:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...