जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक
जुम्ला – जुम्लाका किसानलाई काँचो स्याउ टिप्न रोक लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ गतेपछि मात्र स्याउ टिप्न सूचित गरेको हो ।
कसैले सूचनाको पालना नगरी काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानूनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र बजारमा समेत असर पर्छ । दीर्घकालीन ‘ब्रान्ड’ र बजार मूल्यमा समेत असर पार्ने भएकाले जुम्लाका आठ वटै पालिकाको कृषि शाखा र किसानलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
त्यसै अनुसार तातोपानी गाउँपालिकाले पनि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो ।
फलफूल विज्ञका अनुसार भदौ दोस्रो हप्तापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ । परिपक्व र स्याउको रङ्ग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।
जुम्लामा १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवारले स्याउखेती गरेको तथ्याङ्क छ । चार हजारभन्दा धेरै हेक्टरमा स्याउखेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । उज्यालो
July 30, 2025 8:43 am | समाज,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर