

तौल घटाउन खाेज्दै हुनुहुन्छ ? नगर्नुहाेस् यस्ता गल्ती

ब्यस्त जीवन, गलत खानपान, ब्यायाममा लापरवाही गर्दा अधिकांश व्यक्ति आफ्नो शरीरको तौलबाट दिक्क मानिरहेका हुन्छन । शरीरमा कार्वोहाइड्रेटको मात्रा बढ्ने र शरीर मोटाउने समस्याले गर्दा विभिन्न रोग लग्न सकिन्छ । तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, हृदयघात जस्ता रोगको जोखिमलाई केही हदसम्म काम गर्न सकिन्छ। मोटोपन भएका व्यक्तिहरुले तौल कम गर्नका लागि विभिन्न उपायहरु अपनाउने गरेको देख्दै आएका छौं । केही मानिसमा छिट्टै असर देखापर्न थाल्छ भने कसैमा जति गरे तौल कम घटाउन गार्ह्राे पर्छ । स-साना कुरामा ध्यान दिए मात्र पनि हाम्रो शरीरको अतिरिक्त तौललाई सजिलै कम गर्न सक्छौं । तर, तौल घटाउनुका लागि केही कुरामा ध्यान दिन जरुरी छ ।
चाँडो तौल घटाउनका लागि खाना नै नखाई भोकै बस्न हुँदैन । खाँली पेट भएमा तौल नियन्त्रण होइन् स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । । जसले मेटाबोलिजमलाई सुस्त बनाएर शरिरलाई कम्जोर र आलस्य बनाउनुका साथै शरीरलाइ राेगी बनाउँछ । यसका साथ साथै दिनको एक पल्ट केही नखाई बस्न सकिन्छ भन्ने धारणालाई हटाउनु आवश्यक छ थोरै थोरै गरेर दिनको ४ देखि ५ पटक सम्म राम्ररी चपाएर खानुपर्छ । यसका साथसाथै धेरै चिल्लो, तारेको, पोलेको, धेरै नुन हालेको खानालाई त्याग्न सक्नु पर्छ । उसिनेको, काम तेल र नुन भाको, झोलिलो पदार्थको बढी सेवन गर्न आवश्यक हुन्छ । यसले हाम्रो शरीरको बोसोलाई पगाल्न मद्दत गर्छ । हामीले प्रसस्त मात्रामा पानी पिउने गर्नु पर्छ । सजिलै तौल घटाउनका लागि बजारमा पाइने विभिन्न औषधी तथा पिल्सको प्रयोग गरिरहेकाे पाइन्छ । तर, यसले स्वास्थ्यमा गम्भीर असर गर्छ । यसका साथै अत्यधिक व्यायायम गरेर शरीरको तौललाई छिट्टै कम गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्नु हुदैन् ।
चाहिने भन्दा अत्याधिक ब्यायाम गरेमा हाम्रो शरीर छिट्टै थाक्छ र हामीलाई झन् धेरै भोक लाग्छ र अल्छी हुन्छौं । अत्यधिक व्यायमले मुटुमा समेत असर गर्न सक्छ । हल्का दौडने, नियमित नाच्ने, हिड्ने, तथा तौल घटाउने तालिम गर्दा हाम्रो शरिरलाई फाइदा हुन्छ । भोक दबाउनका लागि चकलेट, चुइगम तथा धुमपान र सुर्ती जन्य पदार्थको सेवन गर्ने गर्छन् । चुरोटले भोकलाई केही हद सम्म दबाउन सक्ने भएको कारण अधिकांश व्यक्तिले खाना खान छोडेर धुम्रपानको बानी बसाउने गर्छन् । तर, यसले तौल त नियन्त्रण गरे पनि हाम्रो शरिरलाई हानी गर्नुका साथै क्यान्सर जस्तो दिर्घकालिन रोगको जोखिम बढाउने गर्छ । तौल नियन्त्रण गर्नका लागि स्वास्थ्य खाना, पर्याप्त निन्द्रा, ब्यायाम, प्रसस्त पानी, धुम्रपानको त्याग, औषधिको सेवनको त्याग गर्नु नै फाइदाजनक हुन्छ ।
June 29, 2019 3:30 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

