Sunday 3rd August 2025

झापामा करेण्ट लागेर एक हात्तीको मृत्यु

6 years अगाडी

झापा । झापामा करेण्ट लागेर एक हात्तीको मृत्यु भएको छ । झापाको हल्दीबारी गाउँपालिका–४ मा रणकाली सामुदायिक वनमा सनिबार बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । मृत्यु भएको हात्ती अढाई वर्षको थियो । जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार झापामा १० वर्षमा १० हात्तीको मृत्यु भएको छ । सोही समयमा हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् ।

          June 29, 2019 3:41 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...