आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन प्रधानमन्त्रीको आग्रह ,हेर्नुहोस् फोटो फिचर
काठमाडौं । विश्वमा प्रकृति भन्दा महान र सुन्दर अरु केही छैन । प्रकृतिका कारण नै आज मानिस अस्तित्वमा छ । तर मानिसहरुले पछिल्लो समय गर्ने हर्कतले कतै प्रकृतिमा समस्या आएको त होईन धेरैको आशंका रहेको छ । जुन देशहरु विकासको मार्गमा दौडिरहेका छन्, उनिहरुले नै वातावरण नष्ट पार्ने कुरामा मुख्य भुमिका खेलेको धेरैको बुझाई रहेको छ । नेपाल पनि प्राकृतिक रुपमा खुबै सुन्दर देश हो । प्रकृतिको संरक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभएको छ ।
वृक्षारोपण दिवसको अवसरमा आज कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नु भएको छ । सरकारले यस बर्षदेखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने घोषणा गरेको हो । प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ । अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।’ वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले, ‘हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय,जैविकआदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्योकुराको अनुकरण गर्नु पर्दछ ।’ प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए ।





प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता