

आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन प्रधानमन्त्रीको आग्रह ,हेर्नुहोस् फोटो फिचर

काठमाडौं । विश्वमा प्रकृति भन्दा महान र सुन्दर अरु केही छैन । प्रकृतिका कारण नै आज मानिस अस्तित्वमा छ । तर मानिसहरुले पछिल्लो समय गर्ने हर्कतले कतै प्रकृतिमा समस्या आएको त होईन धेरैको आशंका रहेको छ । जुन देशहरु विकासको मार्गमा दौडिरहेका छन्, उनिहरुले नै वातावरण नष्ट पार्ने कुरामा मुख्य भुमिका खेलेको धेरैको बुझाई रहेको छ । नेपाल पनि प्राकृतिक रुपमा खुबै सुन्दर देश हो । प्रकृतिको संरक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभएको छ ।
वृक्षारोपण दिवसको अवसरमा आज कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नु भएको छ । सरकारले यस बर्षदेखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने घोषणा गरेको हो । प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ । अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।’ वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले, ‘हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय,जैविकआदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्योकुराको अनुकरण गर्नु पर्दछ ।’ प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

