

प्रदेश १ मा सवारी दुर्घटनाले अपांगताको दर बढ्यो

१५ असार, विराटनगर । प्रदेश १ का १४ जिल्लामा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । तीव्र गतिका कारण हुने अधिकांश दुर्घटनाले अपांगता दर पनि बढाएको छ । प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७३/७४ यता ४ हजार ६ सय ४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ हजार २६ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा ११ सय ८२ सवारी दुर्घटनामा २१ सय ३४ जना घाइते भएको तथ्यांक छ ।
अपांगताको क्षेत्रमा क्रियाशील राष्ट्रिय अपांग महासंघ, प्रदेश १ का कार्यक्रम संयोजक विमल बस्नेत बढ्दो दुर्घटनासँगै अंगभंग हुने क्रम पनि बढेको बताउँछन् । प्रदेश नं. १ मा पछिल्ला समय देखिएको अपांगतामध्ये २९ प्रतिशत सवारी दुर्घटनाले हुने गरेको उनले बताए ।
बस्नेतले भने, ‘विगतमा पोलियो अपांगता वृद्धिको पहिलो कारण भए पनि यसको उन्मुलनपछि सवारी दुर्घटना, गलत उपचार र अन्य प्रकारका दुर्घटनाले भूमिका खेलेको छ ।’सवारी दुर्घटनामा अंगभंग भएका अधिकांश मानसिक तनावमा पर्ने गरेको र काउन्सिलिङ गरेर समाजमा पुनःस्थापना गर्न पनि निकै कठिन हुने गरेको उनको अनुभव छ ।
प्रदेश १ को सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । ट्राफिक प्रहरीका अनुसार प्रदेश १ का १४ जिल्लामा चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
June 30, 2019 12:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

