

बन्द भएका चिया उद्योग खुल्ने

इलाम – गएको वर्ष लागु गरेको कार्यविधि अनुसार नै ‘किसानले चियाको हरियो पत्तीमा गुणस्तर कायम राख्ने भन्नेमा सहमति भए पछि बन्द भएका चिया उद्योग खुल्ने भएको छ सूर्योदय टी एसोसियसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधिबीच किसान र उद्योगीले कार्यविधिमा उल्लेख भएको निर्णय नै लागू गर्ने भन्नेमा शनिबार सहमति भएपछि बन्द भएका सबै उद्योग सञ्चालन गर्ने सहमति भएको हो ।
छलफल गरी सबै पक्षबीच भएको सहमतिमा दुई पात एक सुइरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मूल्यमा खरिद गर्ने सहमति भएको छ । दुई पात एक सुइरो भएको चियाको मुनामात्र नगरको कार्यविधिमा उल्लेख भएको न्यूनतम मूल्य प्रति किलो ४० रुपैयाँ दिने सहमति भएसँगै उद्योग सञ्चालनको वातावरण बनेको सूर्योदय टी एसोसियसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई पात एक सुइरो नभएको चिया खरिद गर्न उद्योगी बाध्य नहुने, चियाको दीर्घकालीन समस्या समाधानका लागि एक समिति बनाउनेलगायतका विषयमा लिखित सहमति भएको छ । सहमति पछि बन्द रहेका सूर्योदय गरपालिकाका ५२ वटै चिया उद्योग आइतबारदेखि नै सञ्चालनमा आउनेछन् ।’
सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले भने नगरले कार्यविधिमा तोकेका सबै कुरा परिवर्तन नहुने बताउनुभयो । तर कतिपय विषयमा भने केही छलफल गरेर दीर्घकालीन समाधान खोज्न सहमति गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले गएको वर्ष नै चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि–२०७५ बनाएको हो । यो कार्यविधिमा हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ कायम गरेको थियो ।
नगरपालिकाले अनुगमन नगरेको, किसानले गुणस्तरीय हरियो चियाको पत्ती उद्योगमा नलगेको, किसानलाई नगरपालिकाले तोकेको मूल्य उपलब्ध गराउन नसक्ने भन्दै चिया उद्योग तीनदिनदेखि बन्द भएका थिए ।
चिया उद्योगीहरुले उद्योग बन्द गरेपछि त्यसको मार बगानका करिब तीन हजार किसानलाई परेको थियो । जिल्लाको सबैभन्दा बढी चियाखेती भएको स्थानीय तह सूर्योदय नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिन्छ । यहाँबाट वार्षिक २ लाख किलोग्राम तयारी चिया भारतलगायतका अन्य देशमा निर्यात हुने गरेको छ ।
June 30, 2019 12:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

