बन्द भएका चिया उद्योग खुल्ने
इलाम – गएको वर्ष लागु गरेको कार्यविधि अनुसार नै ‘किसानले चियाको हरियो पत्तीमा गुणस्तर कायम राख्ने भन्नेमा सहमति भए पछि बन्द भएका चिया उद्योग खुल्ने भएको छ सूर्योदय टी एसोसियसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधिबीच किसान र उद्योगीले कार्यविधिमा उल्लेख भएको निर्णय नै लागू गर्ने भन्नेमा शनिबार सहमति भएपछि बन्द भएका सबै उद्योग सञ्चालन गर्ने सहमति भएको हो ।
छलफल गरी सबै पक्षबीच भएको सहमतिमा दुई पात एक सुइरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मूल्यमा खरिद गर्ने सहमति भएको छ । दुई पात एक सुइरो भएको चियाको मुनामात्र नगरको कार्यविधिमा उल्लेख भएको न्यूनतम मूल्य प्रति किलो ४० रुपैयाँ दिने सहमति भएसँगै उद्योग सञ्चालनको वातावरण बनेको सूर्योदय टी एसोसियसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई पात एक सुइरो नभएको चिया खरिद गर्न उद्योगी बाध्य नहुने, चियाको दीर्घकालीन समस्या समाधानका लागि एक समिति बनाउनेलगायतका विषयमा लिखित सहमति भएको छ । सहमति पछि बन्द रहेका सूर्योदय गरपालिकाका ५२ वटै चिया उद्योग आइतबारदेखि नै सञ्चालनमा आउनेछन् ।’
सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले भने नगरले कार्यविधिमा तोकेका सबै कुरा परिवर्तन नहुने बताउनुभयो । तर कतिपय विषयमा भने केही छलफल गरेर दीर्घकालीन समाधान खोज्न सहमति गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले गएको वर्ष नै चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि–२०७५ बनाएको हो । यो कार्यविधिमा हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ कायम गरेको थियो ।
नगरपालिकाले अनुगमन नगरेको, किसानले गुणस्तरीय हरियो चियाको पत्ती उद्योगमा नलगेको, किसानलाई नगरपालिकाले तोकेको मूल्य उपलब्ध गराउन नसक्ने भन्दै चिया उद्योग तीनदिनदेखि बन्द भएका थिए ।
चिया उद्योगीहरुले उद्योग बन्द गरेपछि त्यसको मार बगानका करिब तीन हजार किसानलाई परेको थियो । जिल्लाको सबैभन्दा बढी चियाखेती भएको स्थानीय तह सूर्योदय नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिन्छ । यहाँबाट वार्षिक २ लाख किलोग्राम तयारी चिया भारतलगायतका अन्य देशमा निर्यात हुने गरेको छ ।
June 30, 2019 12:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता