रोटी बासी भएपछि फाल्ने गर्नु भएको छ ? बासी रोटी खानुका यस्ता छन् फाइदाहरू
रोटी बनाउनका लागि सामान्यता गहूँको आटा प्रयोग गरिन्छ । तर, आजकल अन्न जस्तै मकै, जौ, चना, बाजरा, कोदो, मैदा, फापर आदि पनि रोटी बनाउनको लागि उपयुक्त हुन्छन् ।कसैको घरमा बिहान, दिउँसो वा रातको समयमा रोटी बनाएर खाने गरेको देखिन्छ । दिनभरि खाना नसकेपछि उब्रेको खानेकुरा बासी हुने गर्छ । हामीले बासी खानेकुरा खाने गर्नु हुँदैन । धेरै जसोले बासी खानेकुरालाई फ्याँक्ने गरेको देखिन्छ ।
तर, विभिन्न अनुसन्धानका अनुसार हामीले बासी रोटी खाँदा हामीलाई निकै फाइदा पुग्ने गरेको हुन्छ । हामीले बासी रोटी खाने गर्दा हाम्रो शरीरको रोग हटाउनका लागि औषधिको काम गर्ने गरेको पाइएको छ । बासी रोटी खाँदा हाम्रो शरीरमा भएको ग्याँस्ट्रिक, तनाव र सुगरलगायतका विभिन्न दीर्घकालीन रोगहरु जस्तैः उच्च रक्तचाप, कोलेस्टेरोल, क्यान्सर रोगहरुबाट मुक्ति पाउन सकिन्छ ।
धेरैजस्तो मानिसहरुमा पेटमा ग्याँस वा एसिडिटीको समस्याले सताइरहेको हुन्छ । त्यहीँ एसिडिटीकै कारण हामीमा तनाव तथा सुगर जस्ता रोगको समस्या उत्पन्न हुने अवस्थाको सिर्जना हुन थाल्छ । यदि, हामीले नियमित रूपमा सधैँ बिहान बासी रोटी खाने गरेमा ग्याँस्ट्रिक र एसिडिटीको समस्या समाधान हुनुका साथै रगतमा हाम्रो सुगरको मात्रा पनि नियन्त्रण गर्दछ ।
हाम्रो शरीरमा विभिन्न रोग लागेका कारण हामी सधैँ तनाबमा रहने गर्छौं । दैनिक दूध र बासी रोटीको सेवनले हाम्रो तनाव घटाउनुका साथ साथै पेटसँग सम्बन्धित विभिन्न किसिमका समस्याहरु समाधान भएर जान्छ । यसले हाम्रो शरीरको ब्लड सुगरको मात्रालाई नियन्त्रणमा राखेर उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह तथा विभिन्न मुटु रोगहरु भएका मान्छेहरुको लागि फाइदादायक हुने गर्छ ।
बिहान सबेरै चिसो दूधसँग बासी रोटी खाएमा हाम्रो शरीरको बढेको रक्तचाप सन्तुलनमा आउने गर्छ । बासी रोटीको यती धेरै फाइदाहरूबारे थाहा पाएपछि जसले पनि आजैबाट बासी रोटी नफालिकन आफैँ खाने गर्ने छन् ।
June 30, 2019 1:43 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो