

धादिङमा बस र माइक्रो ठोक्कियो, दुई जनाको मृत्यु, ३० जना घाइते
6 years अगाडी
Susma Dhakal

झापा,धादिङमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भो ३० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जना गम्भीर छन् ।धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किएको हो । काठमाण्डौबाट चितवनतर्फ आउँदै गरेको लु१ख ९०७९ नं को बस र चितवनबाट काठमाडौ गरेको बा ३ ख १००४ नं को माईक्रो र बा २ ख ४५६७ नं को माईक्रो एक आपसमा ठोक्किएको हो ।
मृत्यु हुनेमा २७ वर्षीय श्यामकुमार श्रेष्ठ र नाम नखुलेकी एक महिला रहेकी छन् । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हो ।
June 30, 2019 4:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने
Loading...

