

फलफूल खाने समय कुन बेला उपयुक्त ?

एजेन्सी । फलफूललाई शरीरमा चाहिने सम्पूर्ण पौष्टिक तत्व दिने स्रोतको रुपमा लिइन्छ। तर फलफूल खानको लागि पनि उपयुक्त समय छनोट गर्न सकियो भने त्यो अझ प्रभावकारी हुन्छ। पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ।
शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ। बिहान खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन्।
भरिएको पेटमा फलफूल खाँदा पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या आउन सक्छन्। त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुपर्छ।सलाद्को रुपमा दहीसँग वा नूनसँग फलफूल खाँदा अरुको लागि राम्रो मानिएतापनि एसिडिटीको लागि राम्रो हुँदैन।
बच्चाहरू प्रायः फल खान किचकिच गर्छन्। त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ। उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन्।
June 30, 2019 4:26 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

