

प्रदेश १ का १४ जिल्लामा १७ प्रतिशत रोपाइँ

झापा। प्रदेश १ का तीन जिल्ला झापा मोरङ सुनसरी धान उत्पादनको उर्भर क्षेत्र हुन् । समयमा नै वर्षा नहुँदा उर्भर क्षेत्रमा धान रोपाइँ गर्न ढिलो भएको छ ।मानो रोपेर मुरी उब्जाउने समयमा तीन जिल्लामा राेपाइँ प्रगति न्यून छ । झापामा २२ प्रतिशत, माेरङमा १७ प्रतिशत र सुनसरीमा १३ प्रतिशत क्षेत्रमा मात्र राेपाइँ भएकाे हाे ।
प्रदेश १ का १४ जिल्लामा पनि १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश १ मा तीन लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुँदै आएको छ । असार १५ अर्थात धान दिवसको दिन सम्म ५९ हजार ३ सय ५२ हेक्टरमा मात्र धान रोपाइँ भएको क्षेत्रिय कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयका अनुसार भोजपुरमा १ हजार ८ सय ९२ हेक्टरमा धान खेती हुन्छ । भोजपुरमा ५५ प्रतिशतमा धान रोपाइँ भएको छ । ताप्लेजुङमा ३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये २२ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । इलाम १४ हजार ८सय १५ हेक्टर मध्ये १ प्रतिशत, पाँचथरमा ९ हजार २ सय ३ हेक्टर मध्ये ८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ ।
८३ हजार ३ सय हेक्टर क्षेत्रमा रोपाइँ हुँदै आएको मोरङमा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफल मध्ये १३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । धनकुटामा मध्ये ३ प्रतिशत, तेह्रथुममा ७ प्रतिशत, संखुवासभामा १० प्रतिशत, उदयपुरमा ७ प्रतिशत खोटाङमा ७ प्रतिशत, ओखलढुंगामा ५ प्रतिशत रोपाइँ भएको छ ।
समयमा नै अकाशे पानीको नपर्दा रोपाइँ ढिलो भएको हो । जसका कारण उत्पादन घट्न सक्ने बताइएको छ । सुनसरी मोरङमा भने सुनसरी मोरङ सिचाई योजनाले नहरमा समयमा नै पानी नछोड्दा समस्या भएको बताइएको छ ।
July 2, 2019 9:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

