

कस्ता मानिसहरुले खान हुँदैन तीते करेला ?

झापा ,करेला खनिज पदार्थ युक्त तथा औषधीय गुणले भरपूर सब्जी हो । खादा स्वादमा तितो भएपनि करेलामा फस्फोरस , क्याल्सियम , प्रोटिन, कार्बोहाड्रेट , भिटामिन ’ए’, भिटामिन ’बी’ तथा फाइबर प्रसस्त मात्रामा पाइने गर्छ । करेला खाने गरेमा यसले हाम्रो पाचन प्रक्रियालाई सक्रिय बनाएर भोक जगाएर, अरूचि हटाउने, कब्जियत तथा पेट सम्बन्धि हुने विभिन्न रोगहरुलाई निको पार्न मद्दत गर्दछ । करेलाले शरीरको तापक्रमलाई नियन्त्रणमा ल्याउने र सितलता प्रदान गर्ने भएकोले गर्मी याममा करेलाको सेवन गर्नु निकै लाभदायक हुन्छ । शरीरमा जम्मा भएको कफलाई हटाऊनुका साथै दमको समस्या भएकाहरूलाई यसको नियमित सेवनले एकदम फाइदा हुने गर्छ । करेला खाने गर्नाले हाम्रो रगत सफा हुनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने गर्छ ।
उच्च रक्तचाप भएका बिरामीले बिहान तिते करेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ । तर, हरेक कुराको फाइदा संग संगै बेफाइदाहरु पनि हुनेगर्छ । हामीले धेरै जस्तो अवस्थामा तिते करेलाको सेवन गर्नु हाम्रो शरीरको लागि उपयुक्त हुदैन । कम रक्तअल्पता हुने वा कमजोरीको समस्या भइरहने व्यक्तिहरुले तीते करेलाको नियमित सेवन गर्दा रिङ्गटा लाग्ने, कमजोरि हुने तथा बेहोस सम्म हुने महसुस गरेको देखिन सक्छ ।
झाडापखाला भएर पेट दुखेको बेलामा हामीले करेलाको सेवन गर्नु हुदैन । झाडा पखाला भएको बेलामा यसको सेवनले हामीलाई अझ पेट सम्बन्धि समस्याहरु उत्पन्न गराउन सक्छ । गर्भवती भएका महिलाहरुले पनि करेलाको सेवन गर्नु उचित हुदैन । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । यसका साथै महिलाहरुमा महिनावारीको समयमा हुदा करेलाको सेवन गरेमा अत्यधिक रक्तश्राव हुन सक्छ । महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहनु पर्छ । शल्यक्रिया गरेपछि करेलाको सेवनले गर्दा हाम्रो रगतमा सुगरको मात्रालाई निकै प्रभावित पर्ने हुन्छ । तिते करेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन समेत सक्छ । धेरै फाइदा छ भन्दैमा तिते करेलाको अत्यधिक सेवनले गर्दा कलेजोमा उत्पन्न हुने एन्जाइम्सहरु बढ्न थाल्छन्, र यसले गर्दा कलेजोमा इन्फेक्सनको सम्भावना बढ्ने गर्छ ।
July 2, 2019 10:13 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

