आज पूर्ण सूर्यग्रहणः यस्तो हुनेछ प्रभाव, यी कुरामा सावधानी अपनाउनुहोस् ,हेर्नुहोस फोटो फिचर
काठमाडौं। आज पूर्ण सूर्यग्रहण लाग्दैछ । यो ग्रहणको कूल अवधि ४ घण्टा ५५ मिनेट हुनेछ । तर, यो सूर्यग्रहण नेपालबाट भने देख्न सकिने छैन । ग्रहण दक्षिण अमेरिकाबाट देखिनेछ । दक्षिण अमेरिकाका चिली, अर्जेन्टिना लगायतका देशबाट यो ग्रहणको खग्रास रुप देख्न सकिनेछ ।

यो ग्रहण सुरु हुँदा नेपालमा रात परिसकेको हुनेछ । आज राती नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा यो ग्रहण सुरु हुनेछ र भोलि बिहान ३ बजेर ३५ मिनेट जाँदा ग्रहण समाप्त हुनेछ । ज्योतिष शास्त्रअनुसार यो ग्रहण मिथुन राशी र आद्र्रा नक्षत्रमा लाग्दैछ ।

यो पूर्ण सूर्यग्रहण भएकोले यसको असर सबै राशीमा हुनेछ । ग्रहण नेपालमा नदेखिने भएकोले यसको सूतक भने लाग्दैछ । यो सूर्यग्रहणको सबै राशीमा आगामी १५ दिनसम्म प्रभाव रहनेछ । ज्योतिष शास्त्रका अनुसार ग्रहणको नकारात्मक प्रभावबाट बच्न दिनभर सूर्य मन्त्रको जप गर्ने र भोलिपल्ट तामाको भाँडा, रातो वस्त्र र गहुँ दान गर्नु उपयुक्त हुन्छ ।
July 2, 2019 12:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता