

एनआरएनए यूकेको महिला उपाध्यक्षमा रोजिनाको दावेदारी

झापा । बेलायतमा वस्दै आएका नेपालीहरुका लागि एनआरएन निर्वाचन नजिक आउँदैछ । यो बीचमा युकेमा रहेका नेपालीहरुको समस्या र भावनालाई बुझ्नको लागि भनेर धेरै जना प्रत्यासीहरु निर्वाचनमा भाग लिने तयारीमा लागेका छन् । अहिले चारै तिरबाट सर्मथन बटुल्ने र नतिजा आफ्नो पक्षमा पार्नको लागि प्रयासहरु भइरहेका छन् । यस्तै लामो समय देखि बेलायतमा वस्दै आएकी महिला अभियन्ता रोजिना प्रधान राई पनि एनआरएनए यूकेको आसन्न निर्वाचनमा होमिने भएकी छन् । रोजिनाले सेप्टेम्बरमा हुन लागेको संघको नवौं कार्यसमितिका लागि महिला उपाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिईन् ।
संघको आसन्न निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत पदाधिकारीमा नाम घोषणा गर्ने ‘ट्रेन्ड’ चल्दै गरेको अवस्थामा रोजिनाले आफ्नो उम्मेदवारी महिला हक हित, सशक्तिकरण र समाजसेवामा केन्द्रित हुने दावा गरिन् । आफ्नो अभियानमा साथ दिन समस्त बेलायतवासी नेपालीसमक्ष अपिल पनि गरेकी छिन् । तपाईलाई जानकारी गराउँ रोजिहिरा लिमिटेड कम्पनीकी प्रवन्ध निर्देशक रोजिना बेलायतको नेपाली डायस्पोरामा सक्रिय छन् । उनले विभिन्न संस्थामार्फत समाजसेवामा आफ्नो उपस्थिति कायम गर्दै आएकी छिन् ।
रोजिहिरा फाउण्डेशनकी अध्यक्ष उनी ब्लाइन्ड रक्स यूकेको उपाध्यक्ष, किराँत राई यायोख्या महिला विभागको महासचिव, नेपलिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयूमन राइट्स यूकेको सदस्य लगायतका चर्चित संघ संस्थाहरुसँग आवद्ध छिन् । उनलाई यस क्षेत्रको राम्रो अनुभव भएको उनि निकट व्यक्तिहरु बताउँछन् । काठमाडौंमा जन्मे पनि अहिलेको स्थानमा आइपुग्न धेरै संघर्ष गर्नुपरेको आफ्नो विगत उनलाई याद छ । आफु उच्च शिक्षाका लागि बेलायत आएपछि कामको खोजीमा भौंतारिनु परेको पीडादायी क्षण देखि दिनको २० घण्टासम्म काम गर्नुपर्दाको कष्टकर दिनचर्याले आफ्नो आत्मबल झन् बलियो भएको उनले सुनाइन्
उनले भनिन, ‘म आफैं दुःख, संघर्ष पार गरेर आएकाले अरुको दुःख, पीडामा साथ दिन रुचाउंछु ।’ एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनले युनिभर्सिटी अफ वेष्ट लन्डनमा नर्सिंङ अध्ययन् पनि गरिन् । आफुलाई आमा बाबा, श्रीमान हिराधन राई, सासु ससुरा र अग्रजहरुले दुःखीहरुको घाउमा मल्हम लगाउन प्रेरित गरेको पनि उनले जानकारी दिईन् । भावुक स्वरमा उनले भनिन्, ‘कहिलेकाहीं निस्वार्थ भावनाले लाग्दा उल्टो अपजस आउदा चाँहि दुःख लाग्ने रहेछ ।’
बेलायतमा बसेर उनले नेपालमा पनि धेरै समाजसेवका कामहरु गरिन् । खोटाङमा इ लाइब्रेरी निर्माण होस् वा भूकम्पका बेला उद्दार र सहयोग गर्ने काम होस् । उनी बेलायतमा निरन्तर हुने च्यारिटीमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आइरहेकी छिन् । उनको सामाजिक कार्यका लागि विभिन्न संघसंस्थाले सम्मान पनि गरेका छन् । रोजिनाले टुडेज वुमन, गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान, नवनारी नेपाल आदि अवार्ड पाएकी छन् । उनलाई आफुले एकपटक अवसर पाए राम्रो गर्न सक्ने विश्वास रहेको छ । आफुलाई एकपटक अवसर दिएर हेर्न उनी सबैलाई अनुरोध गर्छिन ।
July 2, 2019 12:14 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

