मध्यराति सपनामा चोर आएको देखेपछि १०० मा फोन गरेर प्रहरी बोलाएपछि जे भयो
मान्छेहरु भन्छन् सबै गर्नु तर प्रहरीसँग मजाक नगर्नु । तर कहिलेकाँही मान्छेहरु अनेक गर्न मन पराउँछन् । जानेर वा नजानेर मानिसहरु मुर्ख बन्छन् र बनाउँछन् । यस्तै एक घटना अहिले बाहिर आएको छ । भएको के भने गएको शनिबार राती एक व्यक्तिले सपनामा घरमा चोर आएको देखेपछि प्रहरीलाई फोन गरेर घरमा चोर आएको कुरा १०० नम्बरमा कल गरेर जानकारी दिए । उनले रातीको १० बजे भन्दा पछि फोन गरेको प्रहरीले जानकारी दिएको छ । यति भएपछि प्रहरी घटनास्थल पुग्यो तर त्यहाँ चोरी भएको त्यस्तो केही पनि थिएन् ।
ति व्यक्तिले प्रहरीलाई उल्लु बनाउन खोजेका हुन वा केही मानसिक समस्या भएर त्यस्तो गरेका हुन भन्ने प्रष्ट भइसकेको छैन । यो घटना भारत उत्तर प्रदेशको हयातनगर क्षेत्रमा भएको थियो । अपर प्रहरी प्रमुख पञ्कज कुमार पाण्डेका अनुसार हयातनगर सरायतरीनका खदाना निवासी मोहम्मद नासिरका छोरा हाजी मुशर्रफले घरमा चोर आएको भन्दै प्रहरीलाई फोन लगाएका थिए । उनले घरमा चोर आएर १३२ सुट लिएर गएको सम्म भनेका थिए । उनले १०० मा कल गर्दा लखनऊबाट फोन उठेको थियो अनी त्यहाँबाट हयातनगर प्रहरीलाई घटनास्थल पुग्नको लागि आदेश दिइएको थियो । डायल १०० समुह र चौकी प्रमुख रणवीर सिंहसहितको टोली हतारहतार गरेर घटनास्थल पुगेको थियो ।
प्रहरीलाई १०० नम्बरमा कल गरेर चोरीको सुचना दिनेलाई प्रहरीले फेरि सोध्यो आखिर के भएको हो ? यसको जवाफमा उनले आफु निदाइरहेको समयमा केही चोरहरु घरमा पसेर चोरी गरेको सपना देखेको बताए । जब उनी सपनाबाट बाहिर आए त उनलाई चोरी भएको कुरा याद आयो अनी प्रहरीलाई फोन लगाए । उनले यो पनि जानकारी दिए कि उनी स्वस्थ्य छैनन् । उनलाई बिरामीका कारण सपनाजस्तो कुरा पनि कहिलेकाँही साँच्चै जस्तो लाग्न थाल्दछ् । अहिले ति युवक प्रहरी नियन्त्रणमा छन् र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । एजेन्सी
July 2, 2019 12:17 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने