

एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा थाइल्याण्डमाथि मलेसियाको जित

एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा थाइल्याण्डविरुद्ध मलेसिया १६ रनले विजयी भएको छ ।टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३०.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनाएको थियो । मलेसियका लागि अमिरुल जुलकरिनले सर्वाधिक २९ रन बनाउँदा विसभरुबेन कुमार र लोकमान नुर हकिम सहरले ११–११ रनको पारि खेले । थाइल्याण्डका सरावत मलिवनले सर्वाधिक ५ विकेट लिँदा टान्डेज वाङ होङले २ विकेट हात पारेका थिए ।
९५ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्ड २६.४ ओभरमा ७८ रन बनाउँदै अल आउट भयो । थाइल्याण्डका नरावेट नुनटार्चले सर्वाधिक २१ रन बनाउँदा चिरापोङ लिआनचेन र कोङकिडाकोनले ११–११ रन बनाए । सानो लक्ष्य रक्षा गर्ने क्रममा मलेसियाका बलरले उत्कृष्ट प्रदर्शन गरे ।
मोहम्मद अमिरले सर्वाधिक ४ बिकेट लिँदा ८.४ ओभरमा २ ओभर मेडन राखेर १५ रन खर्चिएका थिए । मोहम्मद सेउकरीले ३ ओभरमा २ विकेट लिए भने सेचेन्यु हिटाइजले ६ओभरमा १८ रन खर्चँदै २ विकेट नै हात पारे ।
July 2, 2019 12:20 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

