एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा थाइल्याण्डमाथि मलेसियाको जित
एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा थाइल्याण्डविरुद्ध मलेसिया १६ रनले विजयी भएको छ ।टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३०.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनाएको थियो । मलेसियका लागि अमिरुल जुलकरिनले सर्वाधिक २९ रन बनाउँदा विसभरुबेन कुमार र लोकमान नुर हकिम सहरले ११–११ रनको पारि खेले । थाइल्याण्डका सरावत मलिवनले सर्वाधिक ५ विकेट लिँदा टान्डेज वाङ होङले २ विकेट हात पारेका थिए ।
९५ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्ड २६.४ ओभरमा ७८ रन बनाउँदै अल आउट भयो । थाइल्याण्डका नरावेट नुनटार्चले सर्वाधिक २१ रन बनाउँदा चिरापोङ लिआनचेन र कोङकिडाकोनले ११–११ रन बनाए । सानो लक्ष्य रक्षा गर्ने क्रममा मलेसियाका बलरले उत्कृष्ट प्रदर्शन गरे ।
मोहम्मद अमिरले सर्वाधिक ४ बिकेट लिँदा ८.४ ओभरमा २ ओभर मेडन राखेर १५ रन खर्चिएका थिए । मोहम्मद सेउकरीले ३ ओभरमा २ विकेट लिए भने सेचेन्यु हिटाइजले ६ओभरमा १८ रन खर्चँदै २ विकेट नै हात पारे ।
July 2, 2019 12:20 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी