Friday 6th March 2026

पपुवा न्यु गिनीमा ज्वालामुखी विस्फोटका कारण १५ हजारभन्दा बढी विस्थापित

7 years अगाडी

सिड्नी । पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मरेपले गत हप्ता भएका दुई ओटा ज्वालामुखी विस्फोटमा परेका पीडित परिवारको सहयोगका लागि आह्वान गरेका छन् ।माउन्ट उलावुननजिकै भएको यस ज्वालामुखी विस्फोटबाट प्रभावित इलाकाको भ्रमण पश्चात प्रधानमन्त्री जेम्सले सो सहयोगको आवश्कता परेको बताएका छन् ।

वेस्ट न्यु ब्रिटेन प्रान्तको माउन्ट उलावुनमा गत बुधबार ज्वालामुखी विस्फोट भएपछि त्यस आसपासका १० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । उनीहरुलाई प्रभावित क्षेत्रबाट २० किलोमिटर टाढा सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

माउन्ट उलावुन विस्फोटको ४८ घण्टा भन्दा कम समयमा नै मदाङ प्रान्तमा रहेको मनाम द्वीपमा पनि ज्वालामुखी विस्फोट भएको थियो ।पपुवा न्यु गिनी रेडक्रस सोसाइटीले ज्वालामुखी विस्फोटका कारण १५ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको र उनीहरुलाई वासस्थान र अन्य मानवीय सहायता आवश्य परेको जनाएको छ ।

          July 2, 2019 12:26 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...