पपुवा न्यु गिनीमा ज्वालामुखी विस्फोटका कारण १५ हजारभन्दा बढी विस्थापित
सिड्नी । पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मरेपले गत हप्ता भएका दुई ओटा ज्वालामुखी विस्फोटमा परेका पीडित परिवारको सहयोगका लागि आह्वान गरेका छन् ।माउन्ट उलावुननजिकै भएको यस ज्वालामुखी विस्फोटबाट प्रभावित इलाकाको भ्रमण पश्चात प्रधानमन्त्री जेम्सले सो सहयोगको आवश्कता परेको बताएका छन् ।
वेस्ट न्यु ब्रिटेन प्रान्तको माउन्ट उलावुनमा गत बुधबार ज्वालामुखी विस्फोट भएपछि त्यस आसपासका १० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । उनीहरुलाई प्रभावित क्षेत्रबाट २० किलोमिटर टाढा सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
माउन्ट उलावुन विस्फोटको ४८ घण्टा भन्दा कम समयमा नै मदाङ प्रान्तमा रहेको मनाम द्वीपमा पनि ज्वालामुखी विस्फोट भएको थियो ।पपुवा न्यु गिनी रेडक्रस सोसाइटीले ज्वालामुखी विस्फोटका कारण १५ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको र उनीहरुलाई वासस्थान र अन्य मानवीय सहायता आवश्य परेको जनाएको छ ।
July 2, 2019 12:26 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार