

भक्तपुर सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने ठूला बस संञ्चालनमा
6 years अगाडी
Susma Dhakal

काठमाडौं। शुभकामना यातायात प्रालिले भक्तपुर सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने गरी ठूला बस संञ्चालनमा ल्याएको छ। शुभकामना यातायात प्रालिले सोमबारदेखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वरहुँदै थानकोट–नागढुङ्गासम्म संञ्चालन हुने बस सेवा दिन सुरु गरेको हो।
शुभकामना यातायात प्रालिद्वारा संञ्चालित ३१ सिटे बसहरुले सूर्य विनायक नगरपालिकाको वडा नम्बर १ र २ लाई समेट्ने विश्वास सञ्चालकले लिएका छन्।सिरुटारदेखि नयाँ बानेश्वरहुँदै थानकोट नागढुंगासम्मको रुटमा बस सेवा सञ्चालनका लागि रुट प्रमिट प्राप्त गरेपछि सेवा सुरु गरिएको शुभकामना यातायात प्रालिले जनाएको छ। २०६६ सालमा ट्याम्पो विस्थापित गरेर फोर्स गाडी संञ्चालनमा आएपछि सो रुटमा ठूला सवारी साधन सञ्चालनमा आएका थिएनन्।
July 2, 2019 1:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।
Loading...

