बेलायतमा लुकेकी छन् ‘डराएकी’ राजकुमारी हया
बीबीसी। दुबईका शासक शेख मोहम्मद अल मकलुमकी श्रीमती राजकुमारी हया बिन्त अल हुसेन यतिबेला लन्डनमा लुकेर बसेकी छन्। आफ्नो श्रीमानलाई छोडेर आएपछि उनलाई आफ्नो ज्यानको डर भएको बताइएको छ। ६९ वर्षीय शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा कविता पोस्ट गरेका छन्, जसमा उनले ‘कुनै अज्ञात महिला’ माथि ‘धोका दिएको र विश्वासघात गरेको’ आरोप लगाएका छन्।
अर्बपति शेख मोहम्मद बेलायतमा एउटा घोडचरी सर्किट नै छ। र उनलाई बेलायती महारानीसँग रेसकोर्समा कुरा गर्दै गरेको देख्नु सामान्य हो। जोर्डनमा पैदा भएकी र बेलायतमा अध्ययन गरेकी ४५ वर्षीया हयाले २००४ मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन्। उनी शेखकी छैटौं श्रीमती हुन्। रिपोर्टहरुका अनुसार सबै श्रीमतीबाट शेख मोहम्मदका २३ सन्तान छन्।
राजकुमारी हया दुबईबाट भागेर जर्मनी पुगेकी थिइन्। र त्यहाँ शरण मागेकी थिइन्। यतिबेला उनी लन्डनको प्रमुख इलाका केनसिंगटन प्यालेस गार्डनमा करिव साढे सात सय करोड रुपैयाँ मूल्य बराबरको आवासीय परिरसमा बस्दै आएकी छन्। र उनी उच्च अदालतमा कानुनी लडाइँको तयारी गरिरहेकी छन्। अब प्रश्न के उब्जिन्छ भने दुबईमा आफ्नो इज्जत प्रतिष्ठा, शास, एश आरामको जीवन छोडेर उनी किन भागिन् र उनलाई आफ्नो ज्यानको निक र कोबाट खतरा छ ?
राजकुमारी हयाका नजिकको स्रोतले दिएको जानकारी अनुसार यही वर्ष रहस्यमय तरिकाबाट दुबई फर्किएकी शेखकी छोरी शेखा लतीफाको बारेमा चतिक पार्ने तथ्य फेला परेको छ।शेखा लतीफा एक फ्रान्सेली नागरिकको सहयोगबाट डुंगामार्फत दुबईबाट फरार भएकी थिइन्। तर, उनलाई भारतको तट नजिक हतिकारधारी रक्षकले हिरासतमा लिएर दुवई फर्काएका थिए। त्यो बेला राजकुमारी हया र आयरल्याण्डका पूर्व राष्ट्रपति मरिस रोबिनसनले यो विषयमा दुबईको पक्ष लिएका थिए। दुबई प्रशासनले घर छोडेर भागेकी शेखा तलीफा उत्पीडनको शिकार हुन सक्ने र अहिले दुबईमा सुरक्षित रहेको बताएको थियो। तर मानवअधिकारवादीहरुले शेखाको इच्छा विपरित उनलाई अलग गरेको आरोप लगाएका छन्।
यस घटनापछि राजकुमारी हयालाई यो विषयमा धेरै नयाँ कुराको जानकारी भयो। र उनका श्रीमानका परिवारका सदस्यले उनीमाथि दवाब बढाउन थाले। अवस्था कस्तोसम्म भयोभने उनी आफूलाई दुबईमा असुरक्षित महशुस गर्न थालिन्।राजकुमारी हयालाई पनि आफूलाई अपहरण गरेर जबर्जस्ती दुबई लैजाने डर छ।लन्डनमा संयुक्त अरब इमिरेट्सका राजदूतले यो विषयलाई दुई जनाबीचको आपसी मामिला भन्दै कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्।
यद्यपी यसको एउटा अन्तर्राष्ट्रिय पक्ष पनि छ।
डोरसेटको ब्रायंसटन स्कुल र फेरि अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेकी राजकुमारी हया बेलायतमा नै बस्न चाहन्छिन्। यदि उनका श्रीमानले उनलाई दुबई फर्काउन चाहे भने बेलायतकालागि राजनीतिक संकट उत्पन्न हुनेछ। बेलायत र दुबईबीच राम्रो सम्बन्ध छ। यो विषयले जोर्डनकालागि पनि समस्या खडा गर्न सक्छ। किनभने राजकुमारी हया जोर्डनका शासक शाह अब्दुल्लाहकी सौतेकी बहिनी हुन्। जोर्डका करिव साढे दुई लाख मानिस दुबईमा काम गर्छन र जोर्डन दुबईसँग दुश्मनी मोल्ने अवस्थामा छैन।
July 3, 2019 10:01 am | प्रवास