एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो । चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए । ९.१ ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै १९ रन खर्चिएर ६विकेट लिएका हुन् । यसैगरी ७ ओभर बलिङ गरेका तीलकराज भण्डारीले ३ ओभर मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।
चीनका गुहावो गो र लिङ चेनले समान १३–१३ रन बनाए पनि अरु ब्याट्सम्यानले व्यक्तिगतरुपमा अधिकतम ५ रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त ७ रन दिन पुग्यो । ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको थियो । नेपालको जितमा पवन शर्राफ र रित गौतमले नट आउट पारि खेले ।पवनले पाँचौ ओभरमा २ छक्का र २ चौकाको मद्दतले २१ रन जोडेपछि नेपाल सहजै विजयी भयो । समग्रमा पवन ४६रनमा नट आउट रहँदा रित गौतम १० रनमा नट आउट रहे । बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा समूह विजेता र उप विजेताको टुंगो नेपाल र सिंगापुरबीचको खेलको नतिजाले तय हुने छ ।
July 3, 2019 10:40 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी