मिर्गौलापीडित श्रीषद्वारा सहयोगको याचना
गलकोट। दुवै मिर्गौला ‘फेल’ भई तीन महीनादेखि ‘डायलासिस’ गराउँदै आएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले आफूलाई बचाउन सहयोगको याचना गरेका छन्। सैँतीस वर्षीय श्रीषले तीन वर्षदेखि औषधि र पछिल्लो तीन महीनादेखि निरन्तर डायलासिस गराउँदा घरको जायजेथा सकिएपछि सहयोगको याचना गरेका हुन्।तीन वर्षअघिदेखि दुवै मिर्गाैला फेल भएका श्रीषले औषधिले उपचार नभएपछि तीन महीनादेखि डायलासिस गराउँदै आएका छन्। उनको उपचारका लागि हालसम्म रु नौ लाख खर्च भइसकेको परिवारले जनाएको छ। “अहिलेसम्म घरको सबै पैसा खर्च गर्यौँ, अब त पैसा पनि सकियो”, श्रीषकी बहिनी मनकुमारी श्रीषले भनिन्, “आर्थिक अभावकै कारण डायलासिस गराउन पनि समस्या भएको छ, सबैले सहयोग गरेमा मात्र दाजुले नयाँ जीवन पाउनुहुन्थ्यो।”
परिवार पाल्ने मुख्य व्यक्ति श्रीषनै जीवनमरणको दोसाँधमा परेपछि परिवारको समेत बिचल्ली हुने भएको हो । नेपाल सरकारको सिफारिसमा उपचार गराउँदासमेत एकपटक डायलासिस गर्दा रु नौ हजार ५०० खर्च लाग्ने परिवारले जनाएको छ। श्रीष सात वर्ष दुबईमा काम गरी बिरामी भएर नेपाल फर्किएका थिए। नेपालमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या आएपछि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दै आएकाे उनको परिवारले जनाएको छ। औषधिले निको नभएपछि श्रीषको पोखरास्थित लेकसिटी अस्पतालमा तीन महीनादेखि डाइलासिस गर्दै आएको बहिनी मनकुमारीले जानकारी दिइन्। “मिर्गाैला प्रत्यारोपण गर्ने पैसा छैन”, मनकुमारीले भनिन्, “डाइलासिस गरेर मात्र कति समय बचाउने।” सबैले थोरै धेरै आर्थिक सहयोग गरेमा आफ्नो श्रीमान्ले पुनर्जन्म पाउने श्रीषकी श्रमीती प्रमिला श्रीषको आग्रह रहेको छ।
यसैबीच बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ हिल घर भई हाल बागलुङ बजारको धवलागिरिचोकमा आमासँगै बस्दै आएका १३ वर्षीय बालक दुई हप्तादेखि बेपत्ता भएका छन् । ज्याला मजदुरी गर्दै छोराछोरी पढाउँदै बस्दै आएकी मनकुमारी राईले आफ्नो छोराको खोजी गरिदिन सबैलाई आग्रह गरेकी छन्। यही असार ६ गते दिउँसो १० बजेसम्म कोठामै भए पनि कतिबेला बाहिर निस्केको पत्तो नपाएको आमा राईले जानकारी दिइन्।
“कतै खेल्न गएको होला भनेर बसेँ, बेलुका पनि कोठामा नआएपछि प्रहरीलाई जानकारी गराएँ”, बालककी आमाले भनिन्, “दुई हप्ता भयो कतै फेला परेको छैन ।” आकाशे रङको सर्ट तथा जिन्स पाइन्ट लगाएर बेपत्ता भएका राईलार्ई खोजी गर्न उनकी आमाले सबैलाई अनुरोध गरेकी छन्। राईको जिल्ला प्रहरी कार्यालयमा खोजी गर्नका लागि निवेदन परेसँगै प्रहरीले देशैभरका सबै प्रहरी कार्यालयमा तस्वीरसहित जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। बालक राई बागलुङ बजारस्थित विद्यामन्दिर माध्यामिक विद्यालयको कक्षा–८ मा अध्ययनरत छन्। रासस
July 4, 2019 11:38 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री