पढ्न भारत गएका सुरेन्द्रलाई बन्धक बनाएर केटि बनाईयो : प्रहरीसँग खुलायो सबै झस्किने सत्य
झापा। के हुन्छ । जब लक्का जवान छोरालाई प्रतिष्ठित क्षेत्रको अध्ययनका लागि विदेश पठाइन्छ । फर्किदा उनी पुरुष हैन महिला बनेर फर्किनछन् । बुबा सँगै भारत गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल घर फर्किदा केटि बनेर फर्किएका छन् । भारतमा अध्ययन गरि उज्वल भबिष्य बनाउने सपना बोकेर भारत पसेका सुरेन्द्र नेपाल फर्किदा प्रियंका बनेर फर्किएका हुन् । उनि केटि बनेर फर्किए पछी प्रहरीमा उजुरु समेत परेको छ । बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।
केटि बनेका सुरेन्द्र ले औषधि खुवाएर र सुइ लागाएर आफु केटि बनेको प्रहरी समक्ष बयान समेत दिएका छन् । उनलाई भारत कै केहि तेश्रो लिंगी समुहले बन्दि बनाएको थियो । एक स्थानीयका अनुसार केटि बनेका सुरेन्द्रको पुरै हाउ भाउ केटि कै जस्तो रहेको छ । लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए । प्रियंकाको आवाज भने परिवर्तन भएको छैन ।
केटाजस्तै आवाजमा बोल्छिन् प्रियंका। कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने सपना बोकेका सुरेन्द्रको लिङ्ग परिवर्तन किन गरियो भन्ने जिज्ञासामा बुवा जयराज भन्छन्, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने धन्दा हुने रहेछ ।’ यही धन्दाको शिकार छोरापनि परेको उनको आरोप छ । अध्ययन गर्न गएको छोरा फसेको थाहा पाएपछि उद्धारका लागि बाबुले निक्कै पहल गरेका थिए ।
July 4, 2019 11:48 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग